संसारमा सबै मानिसहरु धनी बन्न चाहन्छन् । तर केही व्यक्तिले मात्रै आफ्नो सपना पुरा गर्छन् । भारतका धनाढ्य मुकेश अम्बानी पनि त्यस्ता थोरै व्यक्तिमा पर्छन् । बाबुले कमाएको धनलाई उनले आफ्नो मेहिनत र लगनशिलताका कारण नयाँ उचाई दिए ।
सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम्बानी भारतमा थुप्रै युवाहरुको प्रेरणाका सौ्त हुन् । उनले एक अन्तरवार्ताका क्रममा जीवनमा सफल हुनका लागि आवश्यक १० सूत्र यसरी सुनाए । मुकेश अम्बानी आफ्ना बाबु धिरुभाई अम्बानीलाई आफ्नो गूरु मान्छन् । पैसाको पछाडी कुद्दैमा कोही सफल व्यवसायि बन्न सक्दैन भन्ने मान्यता धिरुभाई राख्थे । मुकेश यसैमा विश्वास गर्छन् । ठूलो व्यवसायि बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन् , त्यसलाई पुरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् । हेर्नुहोस भिडियो
प्रतिक्रिया