गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाजमा “नक्कली कान्छी “ (भिडियो सहित)

इनेप्लिज २०७५ माघ २८ गते २३:१९ मा प्रकाशित

नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै रमाइलो भाकामा तयार पारिएको लोकदोहोरी गीत “नक्कली कान्छी “ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिकास्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाज रहेको छ ।

आफुलाई नक्कली कान्छी नै निकै मनपरेको कुरा गीतमा गायकले गरेका छन । आफनी प्रेमीका बनाउनको लागी निकै हतारमा रहेको गायकले बताएका छन । महेश नेपालीको शब्द तथा राम स्याङतानको लय सिर्जना गीतमा रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा महेश महराको छायाँकन, चेतन सागरको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “नक्कली कान्छी “ गीतमा यादव देवकोटा ,सुरविर पण्डीत , पासाङ तामाङ र एलिना देउजाको अभिनय रहेको छ ।

प्रतिक्रिया