भ्यालेन्टाईनको नाममा कति कलिला गुलाब तोडीन्छ

बिक नविन २०७५ माघ २८ गते १०:५३ मा प्रकाशित

भ्यालेन्टाईनको नाममा कति कलिला गुलाब तोडीन्छ
चकलेट र हग डे भन्दै त्यस्तै कलिलो जवानी फोडीन्छ
भ्यालेनटाईनको पर्ब पारेर हजारौ सम्बन्ध जोडीन्छन
मन भरिएसी फेब्रुरीको जोडी मार्च अप्रीलमै छोडीन्छन

महँगा वाईन र महँगा उपहार होस वा आईलभयु भनेर
लुटने र लुटीईनीको कमी छैनन यहा पागल प्रेमी बनेर
रोज चकलेट र हग डे हुदै फेब्रुअरी १४ सम्म आईपुग्दा
स्वर्गकै अनुभूत हुन्छ प्रेमील अंगालोमा लाजले झुक्दा

सय मिटर टाढै बाट खुट्टा काम्थे मेरो उनीलाई देखेर
किताब कापीको बिचमा हालिदिन्थे आईलभयु लेखेर
नजिक आउदा हिम्मत हुन्थेन उनी संग केही बोल्नलाई
धेरै हुन्थे मनमा कुरा उनको सामु सक्थीन खोल्नलाई

माया गर्नु पाप होईन तर यहा बिकृति मौलाएका छन
भ्यालेनटाईनको नाममा अचेल हल्का बौलाएका छन
भ्यालेनटाईनमा डिस्को र होटल अनिबार्य जस्तै भयो
साथीलाई लाएर आईलभ्यु भन्ने त्यो जमाना कहा गयो ?
साथीलाई लाएर आईलभ्यु भन्ने त्यो जमाना कहा गयो ?

प्रतिक्रिया