प्रेम दिवसकै संघारमा ल्याइन मेलिना राइले प्रेमिल गीत

इनेप्लिज २०७५ माघ २८ गते १०:३९ मा प्रकाशित

सुमधुर स्वरकी धनी मेलिना राइको स्वरमा “तिमी सुन न, तिमी बुझ न ” बोलको प्रेमील गीत आज बसन्त पंचामीका दिन यु ट्युबमार्फत सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको शव्द रचनामा खेम विश्वकर्माले संगीत गरेको गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। गीतको रेकर्डिङ्ग काठमान्डू स्थित मेलोडी नेपाल स्टुडियोमा गरिएको हो ।

प्रेम मनोविज्ञानको गहिराइमा पुगेर सुललित शव्दहरूमा लेखिएको गीतमा आफुले मिहिनेतका साथ् संगीत गरेको र मेलिना राइले गायनमा राम्रै न्याय गरेकोले यो गीत स्रोताहरुको मन जित्न सफल हुनेमा आफू विस्वस्त रहेको कुरा संगीतकार खेम विश्वकर्मा बताउँछन् ।

प्रेम दिवसको संघारमा सार्वजनिक गरिएको यो गीतमा स्रोताले आफ्नै प्रेमील कथा भेट्टाउने कुरामा गीतकार डाक्टर चन्द्र गिरी विश्वस्त हुनुहुन्छ । गीतकार गिरीका अनुसार गीतको म्युजिक भिडियो निकट भविष्यमा अमेरिकाकै नर्थ क्यारोलाइनामा छायांकन हुँदैछ ।

गीत सुनको लागि लिंक:

प्रतिक्रिया