मोरङमा भेटिइन मेलिना राई जस्तैै गीत गाउने बिम्बु; जादुमय स्वरभित्र यस्तो दर्दनाक पिडा

इनेप्लिज २०७५ माघ २७ गते १२:३३ मा प्रकाशित

पिएनपिखबर : मोरङकी बिम्बु मगरको स्वर अत्यन्त कर्णप्रिय छ। फुर्सदको समयमा मन खोलेर गाउछिन् उनी। उनी जसरी मन देखि खुलेर गाउछिन् त्यति नै उनको मनमा पिडा पनि गुम्सिएको छ। आमाको न्यानो काखमा लुटपुटिने बेला उनले आमाको अभाव महसुस गर्नु पर्यो। उनी बुबाको मायामा पुल्पुलिनुबाट बन्चित हुनुपर्यो।
कक्षा १० मा अध्ययनरत उनले बाल्यकाल देखि नै न आमाको न्यानो काख पाइन् न बुबाको माया। जब देखि उनी बुझ्ने भइन् उनी उनको हजुरआमाको शहरामा नै बसिरहेकिछिन्। उनको आमाले बुबा अरु नै पर स्त्रीसँग नजिक भएको थाह पाए पछि घरमा नबस्ने निर्णय गरिन्। त्यतिबेला उनी सानै थिईन्। अबोध बालाखा छोरीलाई चटक्क छोडेर उनको आमा माइत गए पछि उनको बुबाले उनलाई वास्ता नै गरेनन्।

छोरीले के खाई के लगाई कस्ट अवस्थामा छे भनेर उनको बुबालाई कैले चासो भएन। आफ्नो घर परिवारको माया मोह त्यागिसकेका उनको बुबाले आमा माइत गएको केहि समय पछि अर्को श्रीमती भित्राए। उनको बुबा र कान्छी आमा छुट्टै बस्ने गर्छन्। उनी चाही उनको हजुरआमासँग बस्ने गर्छिन्। उनको हजुरआमाले नै उनलाई बुबाआमाको मायाममता दिएर हुर्काएकी हुन्। अहिले त उनी कक्षा १० मा पढ्ने भैइसकिन। उनी बुझकी छिन्। संस्कारी स्वभावकी उनी मिठो गीत गाउछिन्।

अहिले उनी कर्णप्रिय गीत कै कारण चर्चामा छिन्। प्रायजसो उनले गाउने गीत मेलिना राईको हुन्छ। उनलाई मेलना राईको गीत आशाध्यै मन पर्ने उनको भनाई छ। उनले गाउने गीत उनले गाउमा सुनेकी हुन्। उनको घरमा न टेलीभिजन छ न त एनरोइड मोबाइल नै।

तर पनि खानी मुखलाई जुँगाले छेक्दैन भने झैँ बिम्बुलाई पनि अहिलेको आधुनिक जवानामा उनको घरमा टिभी, मोबाइल नहुँदा पनि गीत गाउँ भने छेकेन। उनको गायिका भन्ने सपना छ। त्येही सपना पुरा गर्न उनी अही देखि नै कसरत गरिरहेकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया