जानुका राईको ३ कृति “समय, सन्दर्भ र आमा” लोकार्पण ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत २०७५ माघ २७ गते ०:१७ मा प्रकाशित

गत ९ फरवरी २०१९ को दिन बेलायतको आशफोर्डमा गीतकार जानुका राईको ३ कृतिहरु “समय, सन्दर्भ र आमा” को विमोचन समारोह सम्पन्न भएको हो ।

खोटाङ् समाज यूकेको अध्यक्ष, रिटायर्ड क्याप्टेन भुपजीत राईको प्रमुख आथित्य रहेको यस कार्यक्रममा अतिथिहरुमाः शिब कुमार राई, सगरमाथा गोर्खा नेपाली समाजका चक्र साम्पाङ् राई, मगरात संङ्घ बेलायतका अध्यक्ष हिकमतसिङ् रोका, समाजसेवि रिटायर्ड क्याप्टेन दिल कुमार राई, सुमनचन्द्र राई, नेपाल पत्रकार महासंङ्घ यूकेको अध्यक्ष नरेश खपाङ्गी मगर, शान्ता गौचन, गीतकार ईस्वर चाम्लिङ् साथै अन्य समाजसेवि तथा साहित्यकारहरु रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता भिमु मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष रहनु भएको थियो ।

अतिथीहरुको आसन ग्रहण पछि भिमु मेमोरियल ट्रष्टका फाउण्डर शिब कुमार राईको स्वागत मन्तब्य पछि अतिथिहरुको सामुहिक रुपमा दिप प्रज्वलन पछि कार्यक्रम सुरुवात भएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा सर्जकको कृतिहरुः २ एल्बम “समय”, “सन्दर्भ” र गीतसङ्ग्रह “आमा” लाई अतिथीहरुको बाहुलीबाट सामुहिक रुपमा लोकार्पण साथै सोहि एल्वमका ४ म्युजिक भिडियोहरु धर्तिको जन्म, सुम्निमा, सौहार्द भावना र परदेशी चेलीको कथा लाई पनि बजाएर सङ्गै सार्बजनिक गरिएको थियो ।

उक्त लोकर्पित गीत सङ्ग्रहमा ८६ वटा गीतहरु अटाएका छन भने एल्वम समयमा ५ गीतहरु क्रमशः आमा, सौहार्द भावना, हुरुरु, प्रकृतीकी छोरी रहेको छ, र यस एल्वमको लागी सुरेश अधिकारीको सङ्गीत रहेको छ । एल्वम सन्दर्भमा ६ गीतहरु क्रमशः गरिबीको भारी, लण्डन शहर, माझी दाई, बालापन, पिरतीको रङ्ग,आकाशको जुन र नयाँ वर्ष रहेको छ । उक्त एल्वममा जितेन राई, रोशनराज गुरुङ् विरचन्द्र राई (बि सी) वशन्त मुकारुङ् गङ्गाराज राई जितेन राई र विरचन्द्र राई (बि सी) को सङ्गीत रहेको छ ।

सर्जकले यो भन्दा पहिले बि. स. २०६९ सालमा पहिलो कृती धर्तिको जन्म र समर्पणलाई कर्मभुमी ब्रुनाईमा प्रवासी नेपाली साहित्य समाजको सक्रियतामा सार्बजनिक गरेर कवि तथा गीतकारको रुपमा परिचीत भई सक्नु भएको हो ।

सर्जक जानुका राईले आजको कार्यक्रम अरु कार्यक्रम भन्दा अली प्रीथक भएको जानकारी गराउदै यस कार्यक्रमको आयोजक “भिमु मेमोरियल ट्रष्ट” भएको सहर्स जानकारी गराउदै कृतिका बारेमा निकै लामो बोल्नु भएको थियो जस्मा सर्जकले आफ्ना सासु–ससुरा र बाबा–आमाहरुलाई सम्झनु भएको थियो । वहाहरुले बुझेर सहयोग गर्नु भएकोले गर्दा आज यो अवस्थामा भएको बताउनु भयो ।

कार्यक्रमको दोस्रो सत्र शुभकामना मन्तब्य बोल्ने क्रममा पैसाको भन्दा समयको धेरै महत्व भएको ठाउमा बसेर यति धेरै कृतीहरु जन्माउनु भनेको पक्कै धेरै समय खर्चिनु भएको हो भन्दै नेपाल पत्रकार महासङ्घ यूकेका अध्यक्ष नरेश खपाङ्गीले स्वागत मन्तब्यमा बोल्नु भएको थियो, साथै किराँत राई यायोख्खाका उपाध्यक्ष तथा खोटाङ् समाज यूकेको अध्यक्ष रिटायर्ड क्याप्टेन भुपजीत राई, किरात राई सांस्कृतिक सङ्घ बेलायतका अध्यक्ष हेम कुमार राई, मगरात संङ्घ बेलायतका अध्यक्ष हिकमत सिङ् रोका, सगरमाथा गोर्खा नेपाली समाज आशफोर्डका अध्यक्ष चक्र साम्पाङ राई, सङ्गीतकार तथा कम्पोजर बिसी राई लगायतले स्वागत मन्तब्य दिनु भएको थियो ।

कार्यक्रमको अध्यक्ष “भिमु मेमोरियल ट्रष्ट”का संस्थापक अध्यक्ष सर्जक जानुका राईले “ट्रष्ट”को बारे बोल्दै बि.स. २०७० सालयता १ जना लाई वर्षको ४० हजार नेपाली रुपैया ४ जना नानीहरुलाई शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र यि कृतिहरुबाट आएको रकमहरु पनि यसै “ट्रष्ट” मा जाने जानकारी गराउदै उपस्थित सम्पुर्णलाई जटिल समयमा पनि समय मिलाएर यस कार्यक्रममा उपस्थित भई दिनु भएर मात्रै आजको यस कार्यक्रम सक्षम भएकोले सम्पुर्णलाई हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै खानपिनको ब्याबस्था पछि साङ्गेतिक कार्यक्रम रहेको अवगत गराउदै लोकार्पण कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नु भयो ।

साङ्गेतिक कार्यक्रममा साहित्यकार सेमन्त राईको बाँसुरीको धुन बाट उठान गरेपछि गायक गङ्गाराज राई र नरेन्द्र राईले गीत गाएर भरपुर मनोरञ्जन दिलाए ।

दिउसो १ बजे बाट शुरु भएर साँझ ६ बजे सकिएको उक्त कार्यक्रमलाई गायक तथा संगीतकार गंगाराज राईले सञ्चालन गरेका दिए ।

प्रतिक्रिया