संसारले खोजीरहेको बम्जनलाई आफ्नै आमाले समेत् १३ वर्ष देखि भेट्न पाएकी छैनन्, यसरी पोखिन् पिडा

इनेप्लिज २०७५ माघ २५ गते ११:५४ मा प्रकाशित

पिएनपिखबर : तपस्वी भनिएका रामबहादुर बम्जन यतिबेला विवादित बनिरहेको अवस्थामा बम्जनको परिवारमा भने छुट्टै निराशा छाएको छ। तपस्वी बनेदेखि बम्जनको आमाले उनलाई प्रतक्ष्य रुपमा भेट्न समेत पाएकी छैनन्।

हालसालै मात्र बम्जनको सिन्धुली आश्रममा भएको शान्ति पदयात्रा कार्यक्रममा बम्जनलाई भेट्ने आशमा ७ दिनसम्म आश्रममा बसेकी बम्जनको आमा निराश भएर बम्जनको ताश्विरलाई ढोगेर फर्कनुपर्यो।

बम्जनको तपस्या सुरु भएदेखि बम्जनलाई लागेको बलात्कारको आरोपको बिषयमा देश-बिदेशमा चर्चा-परिचर्चा भयो तर बम्जनको परिवार कस्तो अवस्थामा छ र के गरिरहेका छन बम्जनको परिवार यसबारे भने शायदै कम मात्रले बुझेका छन।

आफुले जन्म दिएर हुर्काएको छोराछोरीप्रतिको माया हरेक आमालाई हुने गर्दछ। संग संगै हरेक बाबु-आमा आफ्नो सन्तानले भविष्यमा आफूसंगै बसी जीविका चलाओस भन्ने सोचेका हुन्छन। बुढेसकालमा संगै बस्नु त परै जाओस बम्जनको आमाले १४-१५ बर्षदेखि प्रतक्ष्य भेटेर कुरा समेत गर्न पाएकी छैनन्।

बम्जनलाई हजारौ मानिसले गुरु मान्छन तर ‘गुरु’ भनिएका बम्जनलाई जन्म दिने आमाको छोरालाई भेट्ने आश अझै मरेको छैन। बम्जनलाई बलात्कारको आरोप लगिरहंदा उनकी आमाको मन कति रोएको छ यो दृश्य हेरेर अनुमान लगाउन सकिन्छ।

छोरालाई बिभिन्न आरोप लागेको दुख भन्दा बढी यी आमालाई आफ्नो छोरोसंग २-४ कुरा गर्न नपाएकोमा झनै पिडा थपिएको छ। उनी पटकपटक छोरालाई भेट्ने आश लिएर बम्जन बस्ने विभिन्न आश्रममा पुग्छिन तर सधै निराश बनेर फर्कन्छिन।

बम्जनको बिषयमा हामीले निरन्तर बिभिन्न समाचार सामग्री प्रस्तुत गर्दै जाँदा हामी बारा जिल्लाको निचगढ नगरपालिका वडा नम्बर १२ स्थित बम्जन गाउँमा रिपोर्टिंगको क्रममा पुग्दा बम्जनको आमा विरामी अवस्थामा ओढ्ने ओढेर पिढीमा बसिरहेकी थिइन। घरको झ्याल ढोका उदाङ्गै थियो शायद जाडो छेक्न होला झ्याल ढोकामा पर्दा लागाइएको थियो। घर नजिकैको बारीमा सागसब्जी लगाइएको थियो।

बम्जनको बारेमा सोध्दा उनी छोरालाई ‘गुरु भनेर सम्बोधन गर्दै बारम्बार उहाँ राम्रो हुनुहुन्छ, उहाँको राम्रो होस् भनिरहेकी थिइन। छोरा माथि लागेको आरोप झुटो भएको बताउंदै यतिका बर्षसम्म छोरालाई भेट्न नपाएकोमा दुख व्यक्त गरिरहेकी थिइन।

उनीसँग कुरा गरिरहँदा उनको एकै इच्छा देखिन्थ्यो छोरालाई एक पटक भेटेर मनभरिका कुराहरु गर्ने तर बारम्बार बम्जनलाई भेट्न नपाएकोमा मनभित्र लुकेको पिडा उनको अनुहारबाट प्रष्ट झल्कन्थ्यो । उनिमात्र होइन परिवारका अन्य सदस्यसमेत बम्जनलाई भेट्न चाहिरहेका छन तर भेट्न पाएका छैनन्।

यतिमात्र होइन बम्जनलाई लागेका आरोपहरुको बारेमा र केहि मिडियाले बिना प्रमाण बम्जन परिवारको चरित्र हत्या हुने किसिमको सामग्री प्रस्तुत गर्दा मानसिक रुपमा समेत बम्जन परिवार समस्यामा परेको छ। तपस्वी भनिएका रामबहादुर बम्जनको विवादसंगै चर्चा चुलिदै छ तर परिवारलाई नै बाहेक गरेर उनी कस्तो धर्म प्रत्युत्पादन गर्दै छन ? जन्म दिने आमालाई समेत एकपटक भेट्न नदिने बोधी धर्म श्रवण संघ किन यस्तो गर्दै छ। यतिबेला हरेक नेपालीको मानसपटलमा यस्ता प्रश्नहरु उब्जिरहेका छन।

रामबहादुर बम्जनको भतिज अशोक बम्जनले बम्जनको जन्मस्थल बाराको निचगढ नगरपालिका वडा नम्बर १२ स्थित बम्जनगाउँमा रहेका परिवारलाई बोधी श्रवण धर्म संघको मानिसले घमण्ड देखाउने गरेको समेत बताएका छन। संघका केहि व्यक्तिले घरका मानिसले पैसा खाएको समेत आरोप लगाएतापनि घरमा ऋण धेरै भएको उनले खुलाएका छन।
परिवारलाई समयसमयमा संघको मानिसद्वारा ज्यान मार्ने धम्कि समेत आएको उनले बताएका छन। बोधी श्रवण धर्म संघले नै बम्जनको नाम प्रयोग गरेर यस्तो अपवाह फैलाउन लागिपरेको उनको आरोप छ। सामाजिक संजालमा बिभिन्न नकारात्मक टिका-टिप्पणीले गर्दा परिवारलाई निकै अप्ठेरो परेको र नकारात्मक टिप्पणीले गर्दा परिवारमा झन् पिडा थपिने गरेको उनि बताउछन ।

रामबहादुर बम्जनलाई लागेको सबै आरोप झुटो भएको र कसैले बम्जनलाई बिगार्न यो सबै काण्ड मच्चिएको उनी बताउछन। बालापनको साथि समेत रहेका अशोकले रामबहादुर बम्जन तपस्या बसेको जंगलमा च्याउ खोज्न जाने र एक छाक मात्र खाना खाने गरेको सम्झीए । रामबहादुर बम्जन पहिल्यैदेखि हँसिलो, कम बोल्ने र सत्य बोल्ने खालको व्यवहार रहेको उनले बताएका छन ।

उनले रामबहादुर बम्जनलाई भेट्ने आशामा आमा आश्रममा पुग्दा र घर-परिवारलाई समेत बेवास्ता गर्ने गरेको गुनासो गरे । परिवारको सदस्यलाई एकपटक ‘गुरु ‘ लाई भेट्न दिने वातावरण बनाइदिन बोधी श्रवण धर्म संघलाई आग्रह गरेका छन्। एकपटक रामबहादुर बम्जनलाई भेट्न पायो भने उनीमाथि लागेका आरोपबारे सोध्न पाउने र बर्षौदेखि छोरालाई भेट्ने बृद्धा आमाको इच्छा पनि पुरा हुने उनले बताए।

आमालाई बम्जनसँग प्रतक्ष्य किन भेट्न दिइएको छैन ? बोधी श्रवण धर्म संघले बम्जनको परिवारलाई किन बेवास्ता गरिरहेको छ?…

प्रतिक्रिया