प्रेम दिवस नजिकिदै गर्दा एता प्रेमी प्रेमिकाको यस्तो अबस्था कसले बनायो?(भिडियो)

इनेप्लिज २०७५ माघ २४ गते २३:२२ मा प्रकाशित

काठमाडौं-कपिल मगर र गायिका मन्जु घर्ति मगरको स्वरमा नयाँ पञ्चेबाजा गित “हास बोल मायालु”को म्युजिक भिडियो शितल सिजन डिजिटल प्रा.लिको युटुब मार्फत सार्वजनिक भएको छ ।यो गीतको लय तथा शब्द कपिल मगरले लेखेका हुन् ।

यस म्युजिक भिडियोलाई शितल सिजन डिजिटल प्रा.लिले बजार व्यवस्थापन तथा वितरण गरेको छ ।कपिल मगरले निर्देशन गरेको म्युजिक भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने विवेक सुनारले भिडियो सम्पादन गरेका हुन् ।

यस म्युजिक भिडियोमा रिजन र करिनाको अभिनय रहेको छ । आशा छ यो गीतले पनि बिगतका गीता झैँ चर्चाको सिखरमा पुग्ने छ । यस गीतका सम्पूर्ण टिमलाई शुभकामना ।

प्रतिक्रिया