एनआरएन अमेरिकाको सदस्य किन नलिनु भने किरण सिटौलाले

इनेप्लिज २०७५ माघ २४ गते १०:११ मा प्रकाशित

टाउन अफ इन्डियन हेड मेरिल्याण्डका उप नगर प्रमुख किरण सिटौलाले एनआरएन अमेरिकाको सदस्य नलिनु भनेका छन् । एनआरएन अमेरिकाको सदस्यता बन्ने अन्तिम मिति फेब्रुअरी १५ सम्म म्याद गुज्रिदै गरेको अवस्थामा सवैले सदस्यता लिन आव्हान गर्दै सामाजिक संजालका भित्तामा छताछुल्ल भै रहेको अवस्थामा सिटौलाले त्यसो भनेका हुन् ।

उनले एनआरएन अमेरिका प्रति पूर्वाग्रही भएर त्यसो भनेका हैनन् । उनि आजीवन सदस्य हुन । सिटौलाले गत फेब्रुअरी ५ तारिख “सच्चीको साथमा “नामक कार्यक्रममा उनलाई कार्यक्रम प्रस्तोता संचारकर्मी सच्ची मैनालीले सवालको जवाफमा त्यसो भनेका हुन् । उनलाई संचारकर्मी मैनालीले एनआरएनए लाई सदस्यहरुले बुझाएको व्यक्तिगत सूचनाहरु कति सुरक्षित कति असुरक्षित भन्ने जिज्ञाशामा उनले ठाडो जवाफमा एनआरएन अमेरिकाको सदस्य नलिनु भनेका हुन् । कुनै हालतमा नदिनु भनेका छन् ।

उनले किन त्यसो भने त ? संस्था प्रति बितृष्णा भएर यसो भनेका हुन् त ? उनि जुन प्रक्रियाबाट सदस्यता हाल लिने प्रावधान गरिएको छ ,उनलाई त्यो मन नपरेर नलिनु भनेका हुन् । उनले तर्क पेश गरे । त्यो पद्धतिद्वारा गरिएको सदस्यता संकलनको उनले कट्टर बिरोध गरे । उनि यसलाई सुधारिएको हेर्न चाहन्छन ।

उनले अगाडी भने एनआरएनए एक मुनाफारहित सामाजिक संस्था हो । राहदानी ,तस्बिर भएको परिचय पत्र आदी ईत्यादी माग्नु सबै वाहियात हो भने । उनले अगाडी भने सामाजिक सुरक्षा पत्र (सोसल सेक्युरिटी कार्ड ) मात्र बाकि राख्नु भएको छ भनि उल्टो संस्था प्रति प्रश्न राखे ।

उनले अगाडी भने यस्तो खालको निजि सूचना नदिनु । उनले अमेरिकाका टार्गेट,मेसि लगायत पेन्टागन जस्ताहरु ह्याक (अनधिकृत प्रवेश )भएका छन् भनि उदाहरण दिए । एनआरएनए अमेरिकाले कसरी रोक्छ ? संस्थामा नेपाली कांग्रेस तथा एमालेका साथीहरु छन । स्वतन्त्र मानिस खै ? यसरी व्यक्तिगत रुपमा आफ्ना चिजहरु सुम्पिने हो भने हाम्रा सबै गोप्य निजि सूचनाहरु लाल बाबु पण्डित कहा पनि पुग्न सक्ने शंका गरे । उनले भोलि केपी शर्मा ओली,शेर बहादुर देउवा तथा प्रचण्ड को हातमा नपुग्ला भन्ने छैन भने |

उनि आन्तरिक राजस्व सेवाका कर्मचारी हुन् भने अमेरिकामा नेपाली समुदायको ईतिहासमा सिटौला नगर पालिकाको सार्वजनिक पदमा चुनाव लडेर निर्वाचित हुने पहिलो नेपाली हुन् । २५ बर्ष देखि अमेरिकामा रहेका सिटौला नेपाली समुदायमा केही हैसियत राख्दछन र उनले कुराहरु प्रष्ट राखे । उनि सदस्य लिनु हुदैन भन्ने आशय नभई जुन रुपले सदस्य लिने प्रक्रिया छ त्यसको उनि बिपक्षमा रहेका छन् ।

सदस्य लिन सरल हुनु पर्नेमा झन् गार्हो बनाउनु हुदैन भन्दै लेख्य प्रमाणक ( नोटरी ) गरेर सदस्य दिनु पर्ने सुझाव दिएका छन ।

यसै गरि कार्यक्रम प्रस्तोता सच्ची मैनालीले अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ ( ईन्जा )का वरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहाललाई त्यही प्रश्न राख्दा उनले संस्थामा विश्वसनियता खड्किएको बताए । दाहालले सदस्य बितरण भनि मानिसलाई आतंक बनाइएको बताए । अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)ले गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकालाई सुधारमुखी सुझाव दिएको र बिज्ञप्ति निकालेको बताए ।

एनआरएनको लागी सदस्य बन भनि नेपाल अमेरिका पत्रकार संघ (नेजा) ,नेपाली जन सम्पर्क समिति लगायत ,संघ/संस्था तथा व्यक्तिगत रुपमा सामाजिक संजालमा आई रहेको अवस्थामा इन्जाले सुधारमुखी सुझाव र सिटौलाले सदस्य नलिनु भनेका छन् ।सदस्य बन भनि अरुले भनि दिदा एनआरएन निरिह भएको दाहालले बताए ।

दाहालले एनआरएन अमेरिका भित्र देखिएका प्रमूख तिन समस्याहरू संस्था संचालनमा अनुभवको कमी,संस्था भित्र कार्य संस्कार (वर्क कल्चर) को विकास नहुनु र निति नियम र अनुगमनमा लापरवाहि रहेको बताए ।

उनले अगाडी भने संस्थाका गतिविधि तथा कार्यक्रमहरूको अनुगमन र निरिक्षण विधि नहुनु, सदस्यहरूका संवेदनशिल विवरणहरूलाई सुरक्षा प्रदान गर्ने निति नियम नहुनु,संस्थाको गतिविधिमा पद लोलुपता अत्याधिक हुनु, समूदायको हितमा भन्दा संस्थाका पदका प्रत्याशी हुनेहरूको हालिमूहाली बढी हुनु भएको बताए ।

यसै गरि एनआरएनए अमेरिकाका सूचना प्रविधि समितिका सभापति स्वराज खातीलाई मैनालीले उनका बिभाग सम्बन्धिका कुराहरु जिज्ञाशामा उनले थुप्रै मुद्धाका बिषय आई रहेको र उक्त बिषयमा अहोरात्र खटीरहेको बताए । खातीले सदस्यहरुका सबै सूचना सुरक्षित राख्ने प्रतिबद्धता जारी गर्दै कार्यसमितिमा कुरा लाने र लिखित रुपमा उक्त कुरा जानकारी दिने बताए ।

खातीले सदस्यहरुका सबै सूचना सुरक्षित राख्ने प्रतिबद्धता जारी गर्दै कार्यसमितिमा कुरा लाने र लिखित रुपमा उक्त कुरा जानकारी दिने बताए ।

यसै गरि आन्तरिक प्रमाणीकरण समितिका संयोजक राम कुमार सुबेदीले निर्वाचन भरपर्दो र धाधलीरहित बनाउने प्रतिबद्धता गरे । संचारकर्मी मैनालीले व्यक्तिगत सूचनाहरु के गर्नु हुन्छ भन्ने सवालमा व्यक्तिगत बिबरण निर्वाचन समितिलाई बुझाए पछि समस्त सूचना डाउनलोड (अवाहरति )गरे पछि सबै सूचना मेटाउने प्रतिबद्धता जाहेर गरे ।

सुबेदीले आफ्नो वेबसाइट (संजाल) राम्रो भएता पनि संजाल कमजोर रहेको स्वीकार गरे ।अपेक्षाकृत रुपमा सदस्य नबनेको अवस्था रहेको बताए । ब्यक्तिको बिबरण तथा सुचनाहरु सबै मेटाए पछि मात्र राजिनामा दिने बताए । उनले अगाडी भने तथ्यांकलाई सुरक्षित राख्ने र मेटाउने हुँदा ढुक्क हुन् अनुरोध गरे ।

यसै गरि न्यू जर्सीकी सामाजिक अभियन्ता रेणु शर्मा एनआरएनएले ख्याती नकमाएको हुनाले आफ्नो किन व्यक्तिगत बिबरण दिनु ? एनआरएन प्रति विश्वसनीयता नभएको बताइन । अझ पनि एनआरएनको विश्वसनीयता प्रति प्रश्न चिन्ह भएको बताइन ।

एनआरएनए ले जालसाझी नहोस भनि व्यक्तिगत परिचय माग्नु राम्रो हो तर त्यस पछिको हुने परिणाम प्रति एनआरएन अभ्यास नभएको बताइन । शर्माले राम कुमार सुबेदीले इमान्दारीता साथ व्यक्तिगत सूचना तथा अन्यको जिम्मेबार लिने भनेको कुरा प्रति व्यक्तिगत भन्दा संस्थाले जिम्मे लिनु पर्ने बताइन ।

उनले भनिन मेरो डाटा (विवरण)दुरुप्रयोग भयो भने संस्थाले जिम्मेबार हुनु पर्ने बताइन । एनआरएनए ले हल्का रुपमा सदस्य बन सदस्य बन मात्र भनेको जस्तो लागेको बताइन । उनले सदस्यता बनाउनु भन्दा मतदाता बनाउन लागेको आरोप लगाइन । उनले अहिले सम्म भएका कुनै पनि निर्वाचन निष्पक्ष नभएको सुनिएको बताइन ।

यसै गरि एनआरएन अमेरिकाको पर्यवेक्षण समितिका सभापति डा रुद्र अर्याल ले आन्तरिक रुपमा सबै समिति संग मिलेर संयोजन गरि रहेको बताए । सदस्यका समस्यालाई दैनिक ३-४ घण्टा हेर्ने बताए । साथै अर्यालले आफ्नो कामको बारेमा प्रमाणीकरण गरे पछि पर्यवेक्षक समितिले ठिक छ भनेर त्यसलाई हेर्ने बताए ।

प्रतिक्रिया