पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत तथा सम्मान गर्न नपाउँदा उनका कार्यकर्ता तथा शुभेच्छुक निराश भए

इनेप्लिज २०७५ माघ २३ गते २२:५२ मा प्रकाशित

पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्न गएका कार्यकर्ता निराश भएर घर फर्किए,रुखको टोड्कोमा फाले फूल भिडियो सहित

झापा दमक । पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत तथा सम्मान गर्न नपाउँदा उनका कार्यकर्ता तथा शुभेच्छुक निराश भएर घर फर्किएर छन् ।

झापाको दमकस्थित चियाबगानमा स्वागत गर्न फूलमाला र खदा लिएर लाम लागेका कार्यकताहरुलाई शाहले भेट नदिई सिंधै दमकको दरवार हुईकिएका थिए । शाह आफै गाडी कुदाएर सुरक्षा व्यवस्था सहित दमक आएका थिए । यद्यपि, ज्ञानेन्द्रले हात भने गाडीबाट नै हल्लाएका थिए । ज्ञानेन्द्रलाई स्वागत गर्न ल्याएका फूल बाटैमा फालेर कार्यकर्ताहरु हिडेका थिए । स्वागत गर्न नपाएपछि निराशा हुँदै राप्रपाका कार्यकर्ताहरु भन्दै थिए, यत्रो बेर उहाँको सम्मानको लागि कुरेर बस्यौ, उहाँले बास्तै गर्नुभएन । अब यो फुल के गर्ने हामी जाने कि बस्ने । भेट दिएको भए के बिग्रीन्थियो ?

पूर्व राजाप्रति सद्भाव भएपनि स्वागत गर्न नपाएकोमा दुख लागेको एक युवाले बताए ।

केहि बेरपछि दरवारमै गएर फूलमाला दिने कुराभएपनि शाहको व्यस्तता र पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह अस्वस्थ भएको खबर आएपछि कार्यकर्ताहरु लाखापाखा भएका थिए । उर्लाबारीका पूर्ण वाईवाले भने केहि फूल भेला पारेर दरवारको गेटमा लगेर सुरक्षाकर्मीलाई छोडिदिएका थिए ।

https://www.youtube.com/watch?time_continue=122&v=zVhabRrNQV0

प्रतिक्रिया