असोक दर्जीले हँसाए नचाँए अनि सबैको आँखा रसाए

इनेप्लिज २०७५ माघ २१ गते १२:३५ मा प्रकाशित

दमक । चर्चित वाल गायक अशोक दर्जी एआर बुढाथोकीलाई जव टंक बुढाथोकीले गीत गाउन लगाए, तब दमकको वाल महोत्सवको माहौल एकाएक तात्यो । रेलीमाई चौरीको चाम्रो छुर्पी गीत गाउँदा कार्यक्रमको माहौल एकदमै तात्यो । टंकले आयोजक प्रति धन्यवाद दिदैं आफ्नो छोराछोरीको इच्छामा सफल बनाउन परिवार लाग्नुपर्नेमा जोड दिए ।

असोकले रमाईला रमाईला कुरा सुनाएर दर्शकलाई हँसाए पनि । उनले टंक बुढाथोकीको साथले नै यहाँ सम्म आएको र दमकवाशीले सडकमा गीत गाउँदा पैसा दिएर माया गरेको बताए । मलाई पहिले धैरै माया गर्नुभयो, त्यहि भएर टंक दादाले यहाँ सम्म ल्याउनुभयो ,असोकले भने । असोकको कुरा सुनेर दर्शक दिर्घा निक्कै भावुक भएका थिए ।

प्रतिक्रिया