स्विट्जरल्याण्ड निवासी रिता बिन्दु पाण्डे “मैले भन्दा धेरै माया” को म्यूजिक भिडियोमा

इनेप्लिज २०७५ माघ २० गते २२:५६ मा प्रकाशित

हाल सालै बजारमा आएको चर्चित गायिका माण्डबी त्रिपाठीको आवाजमा नयाँ आधुनिक गीतिएल्बम “मैले भन्दा धेरै माया”को म्यूजिक भिडियोमा स्विट्जरल्याण्ड निवासी रिता बिन्दु पाण्डेले आफ्नो कला प्रस्तुत गरेकी छिन् । शब्द रचना र निर्देशन गीतकार दीपकराज पाठकको रहेको छ भने शिवराम श्रेष्ठले छायांकन तथा बिकास धमलाले सम्पादन गरेका छन् ।त्यस्तै गजित बिष्ट, कसिस दाहाल, रिता बिन्दु पाण्डे, अलिना पाठक र प्रकाश लम्साल लगायतका कलाकारहरुको उक्त म्यूजिक भिडियोमा अभिनय रहेको छ ।

बिन्दु पाण्डे आफ्नो श्रीमान र दुई छोराका साथ १८ वर्ष देखि स्विट्जरल्याण्डको युरा कान्टोन स्थित डेलेमोन्टमा बस्दै आएकी छिन्।त्यस्तै आउँदो समरमा स्विट्जरल्याण्डमानै छायाँकन हुने ३ वटा जति म्यूजिक भिडियोमा अभिनय गर्नको लागि तयारी गरिरहेकी उनले बताएकी छिन् ।

https://youtu.be/h1AX4gLWv5w

प्रतिक्रिया