कृष्ण र रुपा आज जिवनमा सबैभन्दा खुसी देखिए ! ह्विलचेयरमा बसेर फिल्म हेरे, कलाकारले यसरी घेरे

इनेप्लिज २०७५ माघ १८ गते ११:३७ मा प्रकाशित


अहिले सामाजिक सञ्जालमा भाइरल भएका कृष्ण ओली जव नेपाली फिल्म रणविर हेर्न फिल्म हलमा पुगे तब त्यहाँको अवस्था सम्हाली नसक्नु भयो । दुई खुट्टा र एक हात गुमाएका कृष्ण र उनकी पत्नी बिचको प्रेमका कारण अहिले यो जोडी भाइरल छ । विवाह गरेको केही दिनमा नै हात र खुट्टा गुमाएका किष्णलाई उनकी पत्नीले साथ दिइरहेकी छन् ।

रुकुमका कृष्ण ओलीलाई हेर्न बिहिबार कुमारी हलमा भिड नै लाग्यो । चलचित्र रणवीरको प्रिमियर शोमा पुगेका कैयौँ दर्शक र कलाकारहरुबाट नै कृष्ण ओली र उनकी पत्नि रुपा घेरीएका हुन्। पछिल्लो समय मिडियामा भाइरल बनेका कृष्णले रणवीर फिल्म हेरेपछि अहिलेसम्मकै दमदार फिल्म भएको प्रतिक्रिया दिए । सो अवसरमा नेपाली चलचित्र क्षेत्रका चर्चित हस्तिहरुको उपस्थिती रेहेको थियो।

चर्चित नायिका तथा रणवीर यूनिटका दुई सुन्दरी सुपुस्पा र सुवेक्षा निकै हट अवतारमा देखा परेका थिए । सो अवसरमा देखिएका रमाइला दृश्यहरु जुन निकै रोमाञ्चक छन्।

अहिले उनका लागि देश विदेशवाट सहयोग रकम उठेको छ । सामाजिक सञ्जालमा उनका कथा सार्वजनिक भएपछि यो जोडी अहिले भाइरल भएको छ । उनी विहिवार फिल्म हलमा पुग्दा उनका बारेमा सामाजिक सञ्जालमा पढेका र देखेकाहरु निकै उत्सुक देखिन्थे । उनलाई हेर्न निकै ठूलो भिड जम्मा भएको थियो । त्यहाँको माहोल नै निकै बदलिएको थियो । सर्वसाधारण मात्र होइन कलाकारहरु पनि उनलाई हेर्न र भेट्न आतुर देखिन्थे । अन्य फिल्मी कलाकार भन्दा पनि बढी मिडियाका क्यामेरा उनीतिर तेर्सिएका थिए । हेर्नुहोस भिडियो :

प्रतिक्रिया