मार्शी भातको गन्धले, दुइ तिहाईको दम्भले भन्दै डा. केसीको समर्थनमा बिबेकशील नेपालीको प्रदर्शन

इनेप्लिज २०७५ माघ १७ गते ११:५८ मा प्रकाशित

भक्तपुर : अनशनरत डा. गोविन्द केसीका समर्थकलाई नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ । अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले गत शुक्रबार नयाँ वानेश्वरमा विवेकशील नेपाली दलसहितका समर्थकले प्रदर्शन गरेका छन् ।

उनीहरुले ‘मार्शी भातको गन्धले, दुइ तिहाईको दम्भले भन्दै’ प्रदर्शन गरेका थिए । सो क्रममा विवेकशीलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो । निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास गरेपछि दुई पक्षबीच घम्साघम्सी भएको थियो । त्यस क्रममा प्रहरीले विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई पक्राउ गरेको थियो ।

बिबेकशील नेपाली दलका नेता मिलन पाण्डेले डा केसीसँग १५ औँ अनशनमा सरकारले गरेको सम्झौतापत्र लिएर संसद भवनतर्फ अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको जानकारी दिएका थिए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया