गर्जीए बिडारी: यो सरकार ५बर्ष चल्यो भने देश तिव्र विकास हुन्छ,बमजनले अपराध गरेको हो भने छोड्दिन।

इनेप्लिज २०७५ माघ १६ गते ११:३४ मा प्रकाशित
नेकपाका सामसद रामनारायण बिडारीले बर्तमान सरकारको चरित्र समाजवाद उन्मुख प्रगतिशील चरित्र को सरकार भएको ले यस्ले मुलुककालागी रचनात्मक रुपमा समृद्धिका काम गरिरहेको र अब पन्ध्र बर्ष यहि प्रगतिशील शक्ति ले देश चलाउने बाताबरण भयो भने मुलुक विकसित मुलुककै दाजो मा समृद्धिको उचाइमा पुग्ने बताउनु भएको छ । डाक्टर गोबिन्द केसीलाई दलाल वा माफियाको अरोप लगाउनु गलत भए पनि इमान्दार केसिलाई बेइमानहरुले गलत प्रयोग गरिरहेको बताउनु भएको छ । गोबिन्द केसी को अनसन तोडाउने काम सरकारकै दायित्व भएकोले , केसीलाई वास्तविक सत्य बुझाएर तत्काल अनसन तोडाउनु पर्ने कुरा उल्लेख गर्नु भयो । मुलुकमा केही अपराधहरु गम्भीर प्रकृतिका देखिए पनि ती कार्बाहिको दायरामा परेरै छाड्ने बिस्वास राख्दै यदि भ्रष्ट र अपराधीलाई कार्वाही नगरे आफू स्वयम् सरकार बिरुद्ध उत्रने चेतावनी समेत दिनु भयो ।
नेता बिडारी ले आफू कम्युनिस्ट नभएको समर्थक मात्र भएको भन्दै बर्तमान सरकार पनि  कम्युनिस्ट सरकार नभएको बताउनु भयो । नेपालमा कम्युनिस्ट पार्टी नभइ नाम र झन्डा  मात्र कम्युनिस्ट भएको तर कम्युनिस्ट हुने प्रयत्न भने गरिरहेको बताउनु भएको छ ।

प्रतिक्रिया