शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:२५
वासिङटन डिसी 06:40

अमेरिकी जीवनको सत्य कथा

डिग बहादुर तामांग २०७५ माघ १६ गते ०:०८ मा प्रकाशित

उमेरले ७० बर्ष काटिसकेको धन बहादुर शनिबारको दिन गेथेस्बर्ग पुस्तकालय गएर स्वयम सेवक काम गर्नु पनि थिएन । बिहान नौ बजे क्यापिटल वन बैंकमा जानु थियो । ६ बजे ओछ्यान मिलाउछ, झुस्स सेत्ताम्य भएको कपाल मिलाउछ, हातमुख धुन्छ । मनतातो पानीसंग एउटा पोटिलसुन मुखमा हालेर मरक मरक चपायर पानी संग निल्छ ।

एउटा पाउरोटी रोटि बिधुतिय तताउने राखेर, दुइ वटा अन्डा फुटायर अम्लेट बनाउन ताप्के चुलोमा बसाएर, एक गिलास तातो पानी टेबेलमा राखेर मुनधुन लाई सम्झेर खान थाल्छ ।

सबै परिकार तयार भएपछि खाना, सकेर बहिर जाँदा लाउने कोट ज्याकेट राख्ने कोठाको ढोगा उघारेर गलबन्दी, जाडोको टोपी जाडोलाई छेक्ने खाले ओभरकोट निकालेर लाउन थाल्छ । ढोका घर्याक गरेर खोलेर आफ्ना बुढो आँखा बाहिर नियाल्छ। बाहिर तुसारो लागेर गाडी सेताम्यभएको हुन्छ । गाडीलाई तताएर राख्न केहि समय लाग्ने हुँदा, आफु बरफ साफ गर्ने सानु हाते कुचो हातमा लिएर गाडीको झ्यालका बरफ फ्यालेर मात्रै सिटमा बस्छ धन बहादुर ।

जब गाडीको इन्डिकेटरले गाडी तात्यो भन्ने बुझाए पछि, गाडीको गियर चलाउने बिन्दुमा राखेर, सडकमा निस्कन्छ धन बहादुर । माड ब्रान्च रोड़ दाहिने मोडेर , हाई वे ११७ पश्चिम क्लापर रोड़ देखि कुइन ओर्चार रोड़ पूर्वतिर मोडेर बल्ल पुग्छ, बैंक । बैंकमा तीन सय राख्छन र पाँचसय नगद ल्याउँछ ।

त्यहि समयमा मस्तिकले कफीको तिर्सना देखाउछ । स्टार बक्स भन्ने कफी पसलमा गएर कडा खाले कफी किन्छन । चार डलर तिरेर बाहिर आफ्नो पुरानो गाडीमा बस्छ, कफी पिउनु भन्दा पहिले गाडीलाई तताउन साँचो हालेर गाडीलाई स्टार्ट गरेर, कफीको स्वाद लिएर गाडीको अघिल्लो भागमा ड्यास बोर्डको फिउल इन्डिकेटर तिर आँखा पुग्छ, पेट्रोल सक्न्नै लागेको संकेत देख्छन । हाई वै ३५५ को अक्सन पेट्रोल पम्म पुगेर ३० डलरको पेट्रोल खरिद हुन्छ ।

क्रिसमसको समय यसो हुस्की पिउने रहर जागेर आउन थाल्छ मनमा । मेरिल्याण्ड राज्यमा सरकारले मात्रै जांड रक्सि बेच्छन । र सारै महगो हुने भएकोले, धन बहादुरले करिब चालिस माइल जति टाडा वासिंगटन डिसी पुग्छन ।

कनेक्टिकटएभेन्युको लिकर स्टोर जसको नाम वूड्ले कल्भर्ट , त्यहा पुगेर रातो हुस्की पिउने मनले कालो पिउने माग्छ एउटा ब्लक लेबल हुस्की । र एक केस बियर खरिद गर्द अस्सी डलर तिरेर बाहिर निस्कन्छ ।

गाडीको पछाडिको ट्रंक छोडेर आफु गाडी चलाएर चेभीचेस निर आइपुग्दा, बाटोको दाहिने तिर म्याकडोनाल्ड खाजा घरको पसल देख्छ । उनलाई भोक लागेको महसुस हुन्छ । म्याकडोनाल्ड भन्ने भोजनालय भित्र पसेर ठुलो बिग म्याक, फ्रेन्च फ्राई एउटा कोकोकोला खाँदा बाह्र डोलर चट हुन्छ । महिना भरिपुर्याउनु पर्ने पैसा एकै दिनमा सकेर भएन भन्ने सोच लिएर आफुले चालिस बर्ष काम गरेर कमाएको पैसाले किनेको घरमा पसेर एक छिन क्यानडामा बस्ने छोरीलाई फोन गर्छ । यसो घडी तिर आँखा पुग्छ बेलुकाको ६ बज्न लागेको हुन्छ |

हाते फोनमा छोरि सित कुरागर्दै भान्सा घरतिर लगेर, सुँगुरको मासु पकाउन थाल्छ |” लौ छोरी नजिक भए पो तिमि धेरै टाडा छौ पछि भेटौला ” भनेर फोन राखेर लिभिङ्ग रूम (बैठक ) कोठातिर आएर, रिफ्री जेटरबाट ल्याएको बरफ र गिलास गिलासमाहातमा लिएर बस्छ । राख्दै, हुस्किको बिर्को खालेर बरफ माथि हुस्की खन्याउछ ,एक छिन पछि बरफ बिलेर हुस्किसंग मिल्छ । अनि सुरुप्प गरेर निल्न पाएको हुदैन छोरीहरु संगै भए हुन्थ्यो ।

टेलेभिजन खोल्छ अमेरिकन राष्ट्रपतिले सरकार भन्दै गर्ने समाचार आइरहेको हुन्छ । नेपालमा भएको भए गफ लगाउन हुन्थ्यो , धन बहादुर ले तर कसलाई कुरा गर्ने फुर्सत छ र ? एउटी छोरी डक्टर छे, अर्की छोरी सिपिए (पब्लिक सर्टिफिकेट, हिसाब किताब जाँच्ने) छोरो बिज्ञ छन् भनेर तर यहाँ कसलाई भनौं ? छोरा छोरी जति धनि भएपनि जतिनै कमाउने भए पनि चार पैसा दिने होइन बाबुलाई ?

पढे लेखेकी बुहारी चाहियो भनेर एउटी भर्खर इन्जिनिरिंग क्याम्पसमा सिविल इन्जिनिएर गर्दै गरेकी पौड्याल थरकी कन्यालाई मागी बिबाह गरेर, छोराले ग्रिन कार्ड दिलाएर ल्याएको थियो । अमेरिका आइपुग्ने बितिकै छोरा बुहारीको राम्रो सम्बन्ध थियो। पहिले अंग्रेजी सिकाउन छोराले आफ्नो खाताबाट सात हजार डलर तिरेर जर्ज टाउन बिस्व बिद्यालयमा भर्ना गरेर पढ्न पठाए ।

अंग्रेजी बोल्न जाने पछि छोरोले ऋण जमानी बसेर बुहारीलाई भर्जिनियाको बिश्व बिद्यालयमा इञ्जिनियर पढ्न पठाए । धनेको छोरालाई ठुलो आशा थियो श्रीमतीलाई एमए गराएर कमाउन थालेपछि नाथे ऋण त तिरी हालिन्छ भन्ने ।

बुहारी पहिले पहिले त नेपाली चालचलन बस्थि । तर एमए सक्ने समय पछि त अर्कै बेहोरा देखाउन थालिन । कहिले घरमा नआउने । पार्टी जाने छोरालाई थाह नदिएर संगै इन्जिनिर पढ्ने छ फूट अग्लो काले संग पोइल गईन ।

छोराले बुहारीको पारपाचुके भयो तर । बुहारीको पढाई खर्च लागि लिएको ऋण छोराले तिर्नु पर्ने भयो  । नेपाली चेली राम्री स्वभावभनेर मागी बिबाह गरेर ल्याए तर धोका दिइन् ।

छोरा पिरले डिप्रेसन जस्तो भएर बसेको पनि धेरै समय भै सक्यो । छोरा छोरीहरुसंग फोनबाट धेरै कुरा हुने, कमै भेट हुने चलन ।

प्रतिक्रिया