चर्चित गायिका मेलिना राइ र गायक बिरेन्द्र मालाकारको सेलो गीत डम्फु र टुङना सार्बजनिक(भिडियो सहित)

इनेप्लिज २०७५ माघ १५ गते १२:०९ मा प्रकाशित

काठमाडौँ : चर्चित गायिका मेलिना राइ तथा गायक बिरेन्द्र मालाकार सेलो गीतको म्युजिक भिडियो “डम्फु र टुङना” सार्बजनिक भएको छ l दर्जनौ चर्चित गीतहरु सांगीतिक फाँटमा पस्केर चर्चा कमाएकी गायिका मेलिना राइ तथा चर्चाको शिखर चड्दै गरेका गायक बिरेन्द्र मालाकारको नयाँ सेलो गीत डम्फु र टुङना भर्खरै मात्र बजारमा आएको हो l

बिरेन्द्र मालाकारको आफ्नै शब्द रहेको यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ l छायाँकार चक्र महर्जनको छायांकन रहेको यस म्युजिक भिडियोलाइ अजय स्याङ्ग्तानले कोरियोग्राफी तथा निर्देशन गरेका छन् l म्युजिक भिडियोमा मोडल सुष्मा मोक्तान तथा बिशाल सेनेहाङ लिम्बुको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ l भिडियो हेर्नुहोस :

प्रतिक्रिया