क्यानडाका गीतकार रवि मान बस्नेतको गीति एल्बम प्रेम-अर्थ चाडै बजारमा आउने

क्यानडाका गीतकार रवि मान बस्नेतको गीति एल्बम प्रेम-अर्थ चाडै बजारमा आउने

इनेप्लिज २०७५ माघ १५ गते १:३५ मा प्रकाशित

नेपाल ,काठमाडौँ बानेश्वर घर भै हाल सपरिवार क्यानडामा बसोबास गर्दै आएका नेपाली सेनाका पूर्व सेनानी रही देशको सेवा गरि सकेका गीतकार रवि मान बस्नेतको गीति एल्बम प्रेम-अर्थ चाडै बजारमा आउने भएको छ ।

उनलाई संगीतमा डुबुल्की मार्न मन पर्छ । आफू प्रवासमा रहे पनि नेपाली गीत संगीतलाई माया गरि एल्बमको तयारीमा लागेको बताए । उनि भन्छन ,बिदेशी आकाशमा जति नै रमाएता पनि मातृभूमीको सम्झना आउने बताए । उनले अगाडी थप्दै भने हामी संसारको कुनै पनि कुनामा गएता पनि आखिर हाम्रो पन नेपालीपन नै हुन्छ । हाम्रो हृदयमा नेपालीमन छ भन्दै आफूले रचेका गीतहरु मातृभूमिलाई समर्पित गर्न चाहना राखेको बताए ।

बस्न्यातको गीति एल्बम प्रेम-अर्थमा नेपालका प्रख्यात कलाकारहरुको स्वरमा अब चाडै बजारमा आउने भएको छ । गीति एल्बम प्रेम-अर्थमा ७ वटा गीतहरू हुने छन् । गीति एल्बम प्रेम अर्थमा समाबेश भएका गीतहरू देश भक्त ,नृत्य गर्ने शैलीका अनि माया प्रेमलाई आदि इत्यादीलाई समेटिने छ ।

गीति एल्बम प्रेम-अर्थमा समाबेश गीतहरू रवि मान सिंह बस्न्यातले आफैले रचेका हुन् । उक्त गीति एल्बम प्रेम-अर्थमा संगीत हालका ब्यस्त अनि चर्चित संगीतकार टीका बम्जनले गर्ने भएका छन् ।

प्रतिक्रिया