किन गंभीर बिष्टले आँचल सर्मालाई भगाउन पल साहलाई सहयोग गरे?

इनेप्लिज २०७५ माघ १३ गते २३:२४ मा प्रकाशित

आज भोलि एक दीनमा हेरेर नसकिने गरि नेपाली म्युजिक भिडियोहरु युट्युवमा रिलिज हुने गर्छन । कति गीतहरूले व्यापारिक हिसाबमा राम्रो सफलता पाउँछन् भने कुनै गीतहरू दर्शकहरु सम्म पनि पुग्दैन्न। राम्रो चर्चा पाउने म्यूजिक भिडियोहरूमा देख्न पाइने मोडलको नाम हो, पल साह। म्यूजिक भिडियो बाटै दर्शकको आँखामा बस्न सफल पल साहले अभिनयमा पनि एक सफल नायकको ठाउँ ओगटी सकेका छन। त्यसै गरि,आँचल सर्मा पनि एक चर्चित मोडल तथा नायिका हुन्। यी जोडीलाई धेरैवटा म्यूजिक भिडियोमा सँग सँगै देख्न पाइन्छ। यो जोडीको जति धेरै म्युजिक भिडियोहरु चर्चामा छन् त्यतिनै धेरै उनीहरूको प्रेम सम्बन्ध पनि।

यति खेर भने यो चर्चित जोडीलाई एक गर्दैछन् निर्देशक तथा कोरियोग्राफर गंभीर बिष्टले । समयको माग अनुसारको म्युजिक भिडियो बनाउँदै दर्शकहरूको मनमा बस्न सफल निर्देशक तथा कोरियोग्राफर गम्भीर विष्टले, रबिन बिष्टको एकल शब्दहरुमा रहेको गिती एल्बम ‘छुटिएर’ मा समावेश गित ‘जाउँ हिँड मसँग भागेर कता’ को म्यूजिक भिडियोमा पल र आँचललासई एक गराएका हुन् ।

कोइली, अडियो-भिडियो प्रोडक्सन ले बजारमा ल्याएको यस गीतको निर्माता पदम क्षेत्री हुनुहुन्छ। संयुक्त राज्य अमेरिकाको फार्गो नर्थ डाकोटामा बसोबास गर्ने गायक तथा सङ्गीतकार डम्बर खापुङले संगीत गर्नु भएको छ भने अमेरिकाकै सुफल्स साउथ डाकोटमा बसोबास गर्ने नवगायक बिकु छेत्रीले आफ्नो स्वर दिएर गीतलाई सजाएका छन् I यस गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। गीतलाई डिर्मस रेकर्डिङ स्टुडियोबाट प्रकाश केसी ले मास्टरिङ गर्नुभएको हो।

म्यूजिक भिडियोलाई सिन्धुलीको रमणीय ठाउँहरुमा छायांकन गरिएको छ। गीत आफैमा सुन्दर भएकाले यसको भिडियो पनि त्यतिकै आकर्षक बन्ने र श्रोताको झैं दर्शकको पनि माया पाउने कुरामा गीतकार रबिन बिस्ट र समूह ढुक्क छन् I सफलताको लागि सम्पूर्ण टिमलाई सक्षम ग्रुप शुभकामना ब्यक्त गर्दछ I

https://www.youtube.com/watch?v=2lQzi3l3qF4

प्रतिक्रिया