बिर्सने छैन तिमीलाई फेरी फेरी

यादवराज जोशी २०७५ माघ १३ गते २:२७ मा प्रकाशित

मन भरी छ माया तिम्रो, छैन कतै ठाँउ खाली
पख पख भन्दै बित्यो, हेर माया किन जाली

भन्ज्याड.मा पर्खि हेर्थे, दायाँबायाँ तलमाथी
कतै बाटो पो भुल्यो कि, मेरो मनको साथी

हाँसी हाँसी खेल्दै होलान, सबै आफ्नै तालमा
कति सारो तिर्सना हो, मायाको यो मनमा

एउटा खबर दिनु थियो, भरे होस वा भोली
भन्दिनु नि आई लभ यू, सारा बन्धन खोली

तिमी हाँसे जग हाँस्छ, नाँच्छ जग सारा
तितामिठा सबै सम्झना, लाग्छन आज प्यारा

पछि पछि छाँया हिडछ, अघि अघि माया
छाँया हो कि झुक्किन्छु म, तिम्रो रामछाँया

बिर्से पनि याद आउछ, तिम्रो घरी घरी
माफ गर बिर्सने छैन, तिमीलाई फेरी फेरी

हाल ;सेन्टरभील, भर्जिनिया

 

प्रतिक्रिया