शुक्रबार, माघ १४ २०७८
काठमाडौं १३:४३
वासिङटन डिसी 02:58

भेनेजुयेलाका नयां राष्ट्रपतिलाई नेपालीकोे समेत समर्थन

इनेप्लिज २०७५ माघ १२ गते २०:०२ मा प्रकाशित

काठ्माण्डौ । संयुक्त राज्य अमेरिका लगायत युरोपियन देशहरुले भेनेजुयेलाको अन्तरिम राष्ट्रपति जुआन गाइडो लाई गरेको समर्थन प्रति ग्रामिण क्लब हाउस नेपालले समर्थन जनाएको छ । क्लबका अध्यक्ष मुकुन्द सुवेदी द्धारा जारी विज्ञप्तीमा नेपाल सरकार र राजनितीक पार्टीहरुलाई समेत अमेरिकाले चालेको कदमलाई प्रतिबद्धता जनाउन अपिल गरेको छ ।

हालै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयेलाका राष्ट्रपति जुआनलाई अमेरिकाले गरेको समर्थनमा गरेको विरोध प्रति कडा शब्दमा प्रेस विज्ञप्ती मार्फत भत्र्सना गरिएको छ ।

साथै क्लबले नयां राष्ट्रपति जुआनलाई शुभकामना र बधाई दिन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुरोध गरेको छ । अन्त्यमा विज्ञप्तीमा भनिएको छ संयुक्त राज्य अमेरिकाले राखेको प्रस्तावमा भारत, चीन, रसियालाई समेत सहमती जनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया