डा.केसी प्रकरण: प्रधानमन्त्रीलाई नचुक्न गगन थापाको आग्रह,सदनमा मुड भेड छ।(भिडियो सहित)

इनेप्लिज २०७५ माघ ११ गते ३:०५ मा प्रकाशित

‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ । सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो’, उनले भने, ‘तर सभामुख पदमा आसिन भइसकेपछि दलमा उहाँको आवद्धता रहनुहुन्न । तर, दुःखका साथ भन्नुपर्छ सभामुखको भूमिकाबाट हामीले यो कुरालाई महसुस गर्न पाइरहेका छैनौं ।’

साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयक अरु विधेयकभन्दा फरक भएको उल्लेख गरे । ‘जुन विधेयक अनशनबाट डा. गोविन्द केसीसँग सम्झौता भइसकेपछि सदन चलेको बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होइन, प्रश्न यहाँ संसदको पनि हो’, थापाले भने ।

प्रतिक्रिया