यात्रा

सुशील निरौला २०७५ माघ ९ गते ११:३४ मा प्रकाशित

यात्रा,
आमाको कोखवाट सुरु गरेथे !
जवानीको मोडमा
तिमीसंग भेट भयो!
भेटले विश्वास पायो
अनी मिलन गरायो!!

मिलनको स्वादले
अरु दुई यात्री बढायो !
ती यात्रीहरुको साथले
यात्रा रमाईलो बनायो !!

यात्राले उकाली ओराली
अनी भज्याडगंहरु पार गरायो !
यात्रामा दुख सुख संगै
हासों र रोदन पनि गरायो !!

अब यात्राका सहयात्री
घटन थालेका छन् !
एउटा सहयात्री
भौतारिएर कहिं हिडेको छ !
अर्को सहयात्रीले
नयाँ सहयात्रीको साथ पाएको छ !!

अब यो यात्रामा
तिमी र म मात्र साथ रहेकाछौ !
थाहा छैन हाम्रो यात्रा
कहिले सम्म साथ साथ रहनेछ !!

अब त्यो दिन पनि अवश्य आउनेछ !
जव यात्राको साथ
तिमीले छोड़ने छौ या त मैले छोडनेछु !
अनी यात्रा एक्लै गर्नु पर्ने छ
मैले या त तिमीले !!

यात्राका सहयात्री
कहिल्यै स्थायी हुने छैनन् !
त्यसैले अबको यात्रा
एक्लै गर्न तयार भएर बस्नु पर्नेछ तिमीले वा मैले !!

प्रतिक्रिया