संगीतकार मनराजा नकर्मि साँझमा आशिष्माको नृत्य

इनेप्लिज २०७५ माघ ९ गते ०:५० मा प्रकाशित

तीन दशकको सांगीतिक यात्राका लोकप्रिय गीतहरु प्रस्तुत गर्दै संगीतकार मनराजा नकर्मी एकल साँझ सम्पन्न भएको छ । नेपालमण्डल टेलिभिजनको आयोजना तथा म्हसिका एजुकेशन एण्ड इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको सो कार्यक्रममा लोकप्रिय गायक गायिकाहरुले उनका सार्वजनिक भएका दुई दर्जन गीति संग्रहका चुनिएका २१ गीतहरुप्रज्ञाभवनको डबलीमा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा संयोजक मंगल महर्जनको स्वागत मन्तब्य लगत्तै मनराजाको आलापबाट शुरु भएको सांगीतिक प्रस्तुतिमा दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना वाद्यवादकहरुको साथ रहेको थियो ।

सृजना शक्ति बृद्धि होस् भन्ने कामनाका साथ आयोजक नेपालमण्डल टेलिभिजनको संचालक समितिले कार्यक्रमकासहयोगी र सहजकर्ताहरुको उपस्थितिमा संगीतकार मनराजालाई सम्मान गरे । सम्मानपत्र प्रदान गर्दै कलाको माध्यमबाट सेवारत परिवारको एक प्रतिभा मनराजाको एकल साँझ आयोजना गर्वको विषय भएको नेपालमण्डल टेलिभिजनका प्रवन्ध निर्देशक प्रकाशकाजी डंगोलले बताए ।

कार्यक्रममा तुलसी नारायण महर्जनको शब्दमा संगीता राना प्रधानको स्वरमा “कलाकार हुँ म संगीतको पुजारी”, आनन्दरत्न बज्राचार्यको रचनामा टिका प्रसाई र राम चन्द्र काफ्लेको आवाजमा “प्यारी प्यारी तिमीलाई आज मेरो गाउँ घुमाउँछु”, डा. सुनलाल थापाको रचना, यम बराजको आवाजमा “उदास मनहरुमा तिमी गीत बनि आउन”, डा. रामविक्रम सिँजापतिको रचना, विश्व नेपालीको आवाजमा “एक्लो पनलाई बिताउन भयो अति साह्रो भयो” गीत प्रस्तुत भए । यसरी नै सुरेन्द्र रानाको शब्द रचनामा सृजित “अँगालेमा तिमी आउन चोखो माया लाउन” गीत सन्तोष लामाले प्रस्तुत गरेका थिए भने मदनकृष्ण श्रेष्ठले कवि दुर्गालाल श्रेष्ठको रचना “अन्जानैमा तिमीसित कस्तो माया लाए” सुनाए । प्रकाश तिमल्सिनाले रमेश गाउँलेको रचना “तिमीलाई भेट्ने”, नीशा देसारले सुरेशकुमार कार्कीको रचना “सँधै तिमी” सरीता शाहीले नातिबज्र बज्राचार्यको रचना नेपालभाषाको गीत “छं ब्यूगु मतिना” आनन्द कार्कीले राजुकमार दुःखीको रचना “कस्तो के के कुरा सुनी” र यादव खरेलको रचना “समर जित्न सारा होला”, संगीता थापा शाक्यले डा. दीर्घसिँह बमको रचना “मनको ब्यथा”, स्वयम्भूराज शाक्यले हेमन्त विवशको रचना “जब जून देख्दछु”, दीपक लिम्बुले देवदत्त भट्टको रचना “जति हे¥यो, उति राम्रो”, मनुका पौडेले रिमा गुरुङको आवाजमा सार्वजनिक भएको डा. कृष्णहरी बरालको रचना “भमराले फूलसँग सम्बन्ध तोडेजस्तो” सुनाए । गीत प्रस्तुतिकै क्रममा जुजुकाजी रंजित र रमना श्रेष्ठले भीमबहादुर नकर्मीको रचना रहेको नेपालभाषाको गीत “मिखाया अजलं छंगु”, धनबहादुर गोपालीले मनराजा नकर्मीकै रचना नेपालभाषाको गीत “खनेवं छाय् थें मस्यू” र रत्नशोभा महर्जनले केशवराज राजभण्डारीको रचना “धक धक धक धक धड्कीरह्यो” गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मोहन ब्यञ्जनकार निर्देशित मनराजाकै संगीतमा सृजित लोकप्रिय गीतहरुमा नृत्यहरु पनि प्रस्तुत गरिए । चर्चित गीत “मुसुक्क न्हिला”मा न्हूजः ब्यञ्जनकार र विनिता महर्जनले नृत्य प्रस्तुत गरे । अञ्जला नकर्मी रसर्वप्रतिक कसजुले “नितोलाया सुरही” गीतमा तथा चर्चित नायिका आशिष्मा नकर्मी चर्चित नेपालभाषाका गीतहरु “लिक्क वया” र “मैंचाया सपलय् च्वंगु स्वां” गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
संगीतकार मनराजा नकर्मीको ब्यक्तित्व हजारौं गीतमा तालवादन र सयौं गीतमा संगीत भरेका मनराजा नकर्मी परम्परागत सङ्गीत तथा भजन सङ्ग्रहमासमर्पित वरिष्ठ साधक बुबा भिमबहादुर नकर्मी तथा आमा श्रीमाया नकर्मीको कोखबाट २०२३ साल फागुन २० गते, बलम्बुको लाछिटोलमा जन्मिएका हुन् । सङ्गीतकार नकर्मी २०४३ सालमा आशा नकर्मीसँग वैवाहिक वन्धनमा बाँधिए । जेठी छोरी आशिष्मा नकर्मी, माइली अञ्जला नकर्मीपनि कला क्षेत्रमै समर्पित छन् । कान्छी छोरी आयुस्ना नकर्मी हाल अध्ययनरत छन् ।

रामहरी गुरुङबाट औपचारिक सङ्गीत शिक्षा प्राप्त गरेका उनको प्रतिभा पहिल्याउने र दो¥याउने काम भने परम्परागत नेवारसङ्गीतसंस्कृतिले नै ग¥यो । रुचि, अध्ययन र जीवनको बाटो सङ्गीत नै बनेको छउनको । १३ बर्षको कलिलै उमेरमा रेडियो नेपाल पुगी प्रत्यक्ष प्रशारण हुने शास्त्रीय सङ्गीतमा तालवादनमा साथ दिने मनराजाको रेडियो नेपालसँग औपचारिक सम्बन्ध २०४५ सालमा भयो । हाल रेडियो नेपालमा मुख्य सङ्गीत संयोजकका रुपमा कार्यरत हुनुहुन्छ ।

नेपाली भाषाको लेखेर तिम्रो नाम, चोखो माया, खैल्दै गर्दा (बालगीत सङ्ग्रह), प्रेमल, पहिलो किरण डिभीडी एल्बम, कृति, दुनिया, महशुस, सुशान्तको स्मृति, प्रभुको लिला, कलाकार, मञ्जरी, मन आनन्द गरी १३ वटा गीति सङ्ग्रह र नेपालभाषाका मिखाया अजलं, नानु, तय्जु, मन, सिमाकचा, निर्मल मन, सिमाकचा डिभीडी एल्बम, छ्यनय् तकुस्वां, जोभनया रंग गरी ९ वटा गीति सङ्ग्रह, सार्वजनिक भैसकेका छन् ।Rhythmic Fusion Instrumental, सितार कासा, सितार तबला तानपुरा गरी ३ वटा धून सङ्ग्रह । नेपाली चलचित्रक्षेत्रमा नेपाली भाषाका शंकरा, एकदिन एकरात तथा नेपालभाषाका शंकरा, तारेमाम, कुलङ्गार, व मिसा, याःहू, अजःमिखा, लाखेभाजु गरी ८ चलचित्रमा सङ्गीत भरेका छन् ।

सङ्गीतकारमनराजाले वाद्य शिरोमणि उस्ताद गणेशलाल श्रेष्ठको पुण्य तिथिको अवसरमा हनुमान सेवा केन्द्र ललितपुरद्वारा आयोजित प्रतियोगितात्मक शास्त्रीय सङ्गीत सम्मेलनमा तालवादनतर्फ तवला वादनमा प्रथम स्थान र गोल्ड मेडल प्राप्त गरेका छन् भने रेडियो नेपालको ४२ औं (२०४८) र ४३ (२०४९) औं जन्मजयन्तीको अवसरमा प्रतियोगितात्मक शास्त्रीय सङ्गीत सम्मेलनमा तबला वादनतर्फ द्वितीय स्थान हासिल गरे । २०६३ सालमा श्री ५ महाराजाधिराज वीरेन्द्रवीर विक्रम शाहदेवको गद्दी आरोहण रजत महोत्सव पदक, : Maritorious Service Glory Award Soka Association Singapore -२०५६ सालमा दि टालेन्ट नेपालभाषा सङ्गीत अवार्ड, २०६६ सालमा नेपालभाषाका सर्वोत्कृष्ट सङ्गीतकारका रुपमा Peoples Choice Award,, २०७२ सालमा साहित्य, कला, सङ्गीत, संस्कृतिमा समर्पित वनिता त्रैमासिक सम्मान, २०७४ सालमा सिक्किम नेवाः गुथिबाट सम्मान, फ्रण्ड्स क्लब बलम्बुबाट आयोजित ११ औं बृहत् रक्तदान कार्यक्रममा सम्मान, २०७५ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट प्रतिष्ठित श्रेणी, २०७५ सालमै सङ्गीत महर्षि नातिकाजी सम्मानलगायत पुरस्कार तथा सम्मानबाट सजिएका छन् । उनी नेपाल साङ्गीतिक संघको कार्यकारी सदस्य तथा नेपाल रोयल्टी संघका संस्थापक सदस्य पनि हुन् ।

प्रतिक्रिया