गजल

इनेप्लिज २०७५ माघ ८ गते ११:३२ मा प्रकाशित

जब तिमीलाई पर्छ अनि केसी सम्झ
माफियाले हदै गर्छ अनि केसी सम्झ

घर खेत बेच्दा पनि नपुगेर दलाल ले
तमसुक आफै भर्छ अनि केसी सम्झ

ब्यापारीलाई उकासेको रकम जुटाउन
छोरो अर्कै देश तर्छ अनि केसी सम्झ

अर्काको देशमा एक्लै दिन रात काट्दा
अविरल आँशु झर्छ अनि केसी सम्झ

पछुतोले मुटु जल्दा आफ्नै छाती भित्र
पलाएका आशा मर्छ अनि केसी सम्झ

सन्तोष समीप लुइटेल
ईलाम,नेपाल

प्रतिक्रिया