कुम्भ मेला

इनेप्लिज २०७५ माघ ७ गते २२:३६ मा प्रकाशित


गोपाल काफ्ले ईलाहाबाद

१२ बर्षमा लाग्ने कुम्भ र ६ बर्षमा लाग्ने अर्ध कुम्भ हिन्दुहरुले ठुलै उत्सवबका साथ मनाउदै आएका छन । २०१९ को अर्ध कुम्भ भारतको इलाहाबादमा सुरु भैरहेको छ । हिन्दु परमपरा अनुसार कुम्भमा स्नान गर्दा अमृतपान प्रप्त हुनाले हिन्दुहरु ठुलो संख्यामा नुहाउने गर्दछन । विश्व भरका हिन्दु धर्ममा आस्था राख्ने साधु सन्त र भक्तजनहरु ईलाहाबादमा सुरु भएको डेढ महिने अर्ध कुम्भमा स्नान गर्न भेला भएका छन । भारतको अखडा परिसदले आयोजना गरेको ईलाहाबादको गंगा, यमुना र सरस्वती नदिको संगम स्थल त्रिबेणी नुहाउनेको भिड लागेको छ । कुम्भमा नुहाएर पितृलाई तर्पन दिदा मुक्ती मिल्ने बिश्वाश समेत रहेको पाईन्छ । ६ बर्षमा लाग्ने अर्धकुम्भ मेलामा १ लाख साधु सन्त र १० करोड भक्त जनले स्नाहान गर्ने अखडाले अनुमान गरिएको छ । पृथ्विको ४ पिठका पिठाधीश समेतको उपस्थिती रहने कुम्भको ठुलौ महत्व रहेको पाईन्छ ।

नागा, सन्यासी, साधु सन्तले ठुलो तपस्याका साथ डेढ महिना तपस्याका साथ ३ वटा स्नान गरी अर्धकुम्भको समाप्ती हुने आचार्यहरुको भनाई छ ।

नेपालको पनि देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्म्सिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने(भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राहृमण आ(आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन् ।

प्रतिक्रिया