Viral Boy भिम बहादुर बिकको घर पुग्दा ! बा आमाको चाहाना बुहारी ल्याउने, भिमबहादुर भन्छन् लट्टीपट्टी पारेर भागी भने के गर्ने ?

इनेप्लिज २०७५ माघ ७ गते १२:२५ मा प्रकाशित

पछिल्लो समय अनलाईनहरुमा भारइल भईरहेका नवलपुरको गैडाकोट नगरपालिका हर्दिका भिमबहादुर बिक दैनिक १ घण्टा पैदल हिडेर देवघाट आउछन् र पुलमा मागेर आफु अनि आफ्नो परिवार पाल्दै आएका छन् ।

खुट्टामा जुत्ता नलाई ५० वर्ष पुगेका भिमबहादुरलाई हेर्दा लाग्छ बल्ल १३/१४ वर्ष पुगे तर उनलाई हेर्दा त्यस्तो लाग्दैन । उनी भन्छन् म अहिलेसम्म कहिल्यै दुखि भएको छैन । हासेर बोल्ने र जोसुकैलाई प्रभाव पार्न सक्ने भिमबहादुरले यहि स्वभावका कारण धेरैको मन जितेका छन् ।

तिनै भिमबहादुरको घरमा समाचारपाटी डटकमको टिम पुग्दा निकै रमाईलो महशुस भयो । उनको घरको अवस्था, बा आमा र उनिसंग कुराकानी गरेका छौँ । आर्थिक अवस्था कमजोर बा आमा बुढा छन् त्यस कारण भिमबहादुर कालिकण्डकीको पुल तरेर देवपुर हुदै दैनिक १ घण्टा हिडेर देवघाटमा आउछन् सबैको मन पगाल्छन् र पैसा दिउँ दिउँ जस्तो बनाउछन् । हेर्नुहोस तिनै भिमबहादुरको घरमा पुग्दा हामीले कैद गरेका केहि दृश्यहरु

प्रतिक्रिया