गायक इन्द्र दोङ्ग लामा खम्बेको सेलो गित “लुंगी र चोली” सार्बजनिक

इनेप्लिज २०७५ माघ ६ गते १२:४० मा प्रकाशित

काठमाडौँ : बिगत डेढ दशक देखि कलाकारिता क्षेत्रमा लागेर आम नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्व चर्चित कलाकार तथा गायक इन्द्र दोङ्ग लामा खम्बेको नया सेलो गित “लुंगी र चोली” सार्बजनिक भएको छ l उनलाई उक्त गीतमा गायिका लक्ष्मी स्याङ्तानले साथ दिएकी छिन l बहुप्रतीभाका धनि कलाकार इन्द्र दोङ्ग लामा खम्बेले कलाकारिता संगै संगीतमा समेत रुचि राख्दै आधा दर्जन गीतहरु बजारमा लिएर आईसकेका छन् l उनले चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र “हर्के हल्दार” “झट्का” ” “माईकल ज्याक्सन” लगायात अन्य दर्जनौ टेलिचलचित्र तथा चलचित्र सडक नाटक, स्टेज कार्यक्रम, गाइजात्रहरुमा समेत कुशल अभिनय मार्फत लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल भएका छन् l साथै उनि उत्कृष्ट निर्माता तथा निर्देशकको रुपमा समेत परिचित छन l

मिना लामाको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार बुद्ध थापाले छायांकन गरेका छन् भने निर्देशक शिब शर्माले निर्देशन गरेका हुन् l म्युजिक भिडियोमा इन्द्र दोङ्ग लामा खम्बे, निरन्जली लामा, एरिन तामाङ, पुर्णिमा लामा थोकरको उत्कृष्ट अभिनय तथा नृत्य देख्न सकिन्छ l भिडियो हेर्नुहोस

प्रतिक्रिया