यस्तो दर्दनाक कथा: जिउदो मानिसकै दाहसंस्कार, मरेका श्रीमान फर्किएपछि फेरि सिन्दुर पोते|(भिडियो सहित)

इनेप्लिज २०७५ माघ ६ गते १२:३२ मा प्रकाशित

मोरङ बेलबारी ११ लक्ष्मि मार्ग का सुवास तामाङ र सन्तोसी तामाङ को जीवन एउटा अनौठो दन्त्य कथा जस्तो बन्न पुगेको छ । वैदेशिक रोजगारका लागि खाडी गएका सुवास गम्भीर दुर्घटना मा परे उनको मृत्यु भएको खबर मात्र होइन ,उनको लुगा फाटो , मोबाइल र उन्कै कागज पत्र सहित लास समेत कम्पनी ले नेपाल पठायो ।

सुवास को परिवारले सुवास को लास बुझे , मोरङ घरमा लास पुर्याएर एक दिन राखी भोलि पल्ट लासको दाह सस्कार गरियो ,र तामाङ सस्कृती अनुसार सुवासको काजकिरिया समेत गरियो । सन्तोसी पति बियोगमा मुर्छित भइन ,दुर्घटना ले क्षत बिक्षत भएको सुवासको अनुहार हेर्ने आट पनि भएन त्यस्बेला सन्तोसीलाई , सुवासको नाममा लगाएको सिन्दुर पोते त्यही लासमा राखीदिइन । सयौ गाउलेहरु दुखी र मर्माहत भए र सुवासको अन्तिम दाह सस्कारमा सामेल भए । तर जब त्यस्को ठिक तीन महिना पछि एउटा खबर आयो सुवास खाडिमा जिबितै छ्न , त्यस्को केही महिना पछि सुवास आफ्नो घर फर्किए तर उनी दुर्घटना का कारण मानसिक र सारिरिक रुपमा अपाङ्ग जस्तै भएर घर आइपुगे |

प्रतिक्रिया