एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

इनेप्लिज २०७५ माघ ६ गते १२:१६ मा प्रकाशित

नेपालमा चलचित्र संगीत क्षेत्रमा अवार्ड हरु धेरै हुन थालेकाेछ । त्यति मात्र नभई धेरैभन्दा धेरै विधामा पुरस्कार दिने प्रतिस्पर्धा जस्तै हुन थालेकाे छ । यसै क्रममा एपिक नेपालद्वारा शुक्रबार अायाेजित नेशनल एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा ६६ विधामा पुरस्कार प्रदान गरिएकाे छ। छाँया कम्प्लेक्स परिसरमा सम्पन्न अवार्ड कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथीका रुपमा मन्तव्यमा अाफु संगीत र खेलकुदमा रुचि राख्ने मान्छे भएकाेले याे क्षेत्रकाे लागि संधै केही गर्ने विचार पाेखे । प्रमुख अतिथि प्रचण्डबाट एपिक नेपाल म्युजिक एवार्ड कार्यक्रममा संगीत क्षेत्रमा योगदान पुर्याउने संगीतकर्ममि मध्ये भजन सम्राट भक्तराज आचार्य र लोकगीत सम्राट कुमार बस्नेतलाई अभिनन्दन गरे । कार्यक्रममा सञ्चार क्षेत्रबाट नेपालकाे संगीत क्षेत्रमा योगदान पुर्‍याउने सञ्चारकर्मिहरुलाई प्रमुख अतिथि प्रचण्डबाट एपिक नेपाल कला पत्रकारिता सम्मान पत्र प्रदान गरेका थिए। यसरी सम्मानित हुनेहरुमा ऋषि धमला,रवि लामिछाने,नयाँ पत्रिकाका लक्ष्मण सुबेदी , कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई,म्युजिकखबरका सबिता पाेखरेल, म्युजिक डायरीका तुलसि गिरी भावुक , नेवाःअनलाइनन्यूजका विजयरत्न तुलाधर लगायतका छन् ।

उक्त एवार्ड कार्यक्रम संयाेजक राजेन्द्र पुरी हुन भने कार्यक्रममा सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राखेका थिए । एपिक नेपालयका अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए अनुसार अवार्डकालागि सुमन बैरागी पण्डित र बबिता श्रेष्ठ निर्णायक मण्डलका सदस्य रहेका थिए।

प्रतिक्रिया