स्टेजमै गुन्यूचोली खोलेर स्कटमा ज्योती मगरको प्रस्तुती

इनेप्लिज २०७५ माघ ५ गते १५:२२ मा प्रकाशित


ज्योती मगर नामै काफी छ । पछिल्लो समय मनोरंजन दुनियामा उनी निकै अगाडी छिन् । के युवा के बृद्ध सबैको अगाडी ज्योती चिनिएकै नाम हो ।
पछिल्लो समय बिभिन्न मेला महोत्सवमा पुग्ने गरेकी ज्योती आफ्नो प्रस्तुतीमा उत्तेजक कुराहरु भन्दै प्रहसन गर्छिन् । कतिपयले उनका कुराहरुलाई छाडा र अपाच्य भने पनि युवा बर्गको रोजाईमा उनी परेकी छन् ।

पोखरामा जारी नबौं पोखरा महोत्सवमा पनि उनले आफ्नो प्रस्तुती राखिन् । सुरुमा गुन्यूचोलिमा स्टेज आएकी ज्योती पछि गुन्यू चोली स्टेजमै फूकालेर स्कटमा देखा परेपछि दर्शक एका एक छक्क परे । उनले सुरुमा दुई वटा गीत गुन्यूचोलीमा गाईन् भने अरु गीत स्कट र टिसर्टमा गाईन् । एउटै स्टेजमा ज्योती मगरका फरक रुप दर्शकले महसुस गरे ।

https://www.youtube.com/watch?v=VOKbp_kzh9M

प्रतिक्रिया