विश्व बारेमा केही जानकारी

नवराज पोखरेल,बुखारेष्ट, रोमानिया २०७५ माघ ४ गते १९:२७ मा प्रकाशित

हामी सबैले बसोबास गर्दै आएको संसार सात वटा महादेशहरूले बनेको छ। १. एशिया २. अफ्रिका ३. अष्ट्रेलिया ४. यूरोप ५. उत्तर अमेरिका ६. दक्षिण अमेरिका र ७. आन्टरटिका ।

विश्वमा अहिले १९७ देशहरु छन। जसमा १९३ देशहरु स्वतन्त्र रुपमा परिचित र संयुक्त राष्ट्रसंघका सदस्य देशहरु मानिन्छन।

प्यालेस्टाइन र भ्याटिकन सिटी पर्यवेक्षक देशहरु हुन्। अनि ‘ताईवान’ र ‘कोसोभो’ चाहि सयुक्त राष्ट्रसंघमा सदस्यता प्राप्त नगरेका देशहरु हुन्। यसरी संसार बनेको छ।

ताईवानको अर्कै कथा छ। स्वतन्त्र देशको रुपमा नचिनिएको भएता पनि ताईवानले औपचारिक र अनौपचारिक सम्बन्ध भने संसारका ठूलाठूला देशहरुसंग राखेको छ। अर्को तर्फ ‘कोसोभो’ लाई संयुक्त राष्ट्रसंघका १११ सदस्य राष्ट्रहरुले र ताइवानले समेत स्वतन्त्र राष्ट्रको रुपमा स्वीकार्य गरेता पनि संयुक्त राष्ट्रसंघले भनें स्वीकार गरेको छैन।

संसारको सबैभन्दा सानो देश रोम शहरको बीचमा रहेको ‘भ्याटिकन सिटी’ हो। यसको क्षेत्रफल ०,४४ बर्ग किलोमिटर छ। संसारका १८० देशहरुसंग यसको कुटनैतिक सम्बन्ध कायम रहेको छ। संसारको सबैभन्दा ठूलो देश भने ‘रसिया’ हो।

प्रतिक्रिया