किन भागे मन्त्रि जिवन घिमिरे (भिडियो सहित)

इनेप्लिज २०७५ माघ ४ गते १:४६ मा प्रकाशित


प्रदेश नं. १ का समाजिक विकाश मन्त्रि जिवन घिमिरेलाई पथरीशनिश्चरे वडा नं. १० का जनताले बिरोध गरेका छन । सर्वोच्चो अदालतले गरेको निर्णय नगरपालिका भवन निर्माणमा नगर र प्रदेशले चासो नदिई सो स्थानमा १ नं. प्रदेशको जातिय सास्कृतीक संग्राहलय बनाउने भन्दै मन्त्री घिमिरे चोर सैलिमा आएको वडाध्यक्ष सागर राईले आरोप लगाए ।

जातिय सास्कृतीक संग्राहलय कार्ययोजना अन्तरगत समाजिक विकाश मन्त्रि जिवन घिमिरेले पथरीशनिश्चरेमा आएर कार्यदल गठन गरी जग्गा अवलोकन गर्न पुगेकेैबेला स्थानियले मन्त्री, नगर प्रमुख र उपप्रमुख अवलोकनमा बिरोध गरेका थिए ।

मन्त्रीले पूर्व संविधानसभा सदस्य चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको तर नगपालिका भवन बारे ठोस निर्णय नगरेको र वडामा आउदा कुनै जानकारी नगरेको भन्दै वडाध्यक्ष सहित वडा बासी बिरोधमा उत्रिएका थिए ।

मन्त्री सरिक कार्यक्रममा वडा अध्यक्ष सागर राई भन्दै थिए जातिय संग्रहालय बन्नु पर्छ तर नगरपलिकाको भवन पहिला हुनु पर्छ, प्रदेश र गाउँ सरकारले वडा सरकारसँग समन्वय गर्न पर्दैन ? सरकारको काममा दलीय प्रतिशोध राख्न मिल्छ ? यो कस्तो सैलि हो मन्त्री आउने ? नेपाली कांग्रेसबाट निर्वाचन जितेका राईको निरन्तर प्रश्न थियो ।

मन्त्री घिमिरे मुर्दाबाद भन्दै स्थानियको बाक्लै उपस्थीतीले मन्त्री घिमिरेको कार्यक्रम अवरुद्ध गरे पछि मन्त्री घिमिरे फर्कीएका थिए । आफु वडाको कार्यकारी भएतापनि मन्त्री आउने कुरा अन्य वाट आफुले सुनेको र नगरपालिकाले राजनैतिक रुपमा आफु भिन्न पार्टीको भएका कारण उपेक्ष्या गरेको उनले वताए ।

प्रदेश सरकारले संग्रहालय निर्माण गर्ने भनिएको क्षेत्रमा भुटानी शरणार्थीहरुले अनाधिकृत रुपमा आर सि सि भवन निमाण गरिरहेका छन तर नगर र प्रदेशले त्यसमा कुनै चासो नदेखाई संग्रहालयको नाममा जनतालाई भ्रम पैदा गरेको स्थानिय बताउछन ।

विना जानकारी प्रदेशका समाजिक मन्त्रि आफ्नो वडामा प्रवेश गरेको भन्दै अधिकांश स्थानीयबासीले असन्तुष्टि पोखेका छन् । स्थानीयबासी पदमप्रसाद दाहाल, चन्द्रप्रसाद पोख्रेल लगायतको ठूलो समूहले मन्त्री उभिएर बोल्न थालेपछि होहल्ला गरेका थिए ।

होहल्लाकैवीचमा मन्त्री घिमिरेले सांस्कृतिक ग्रामथानको लागि डीपीआर तयार पार्न ५० लाख रकम विनियोजन भएको जानकारी गराउदै मन्त्री घिमिरेले संग्रहालयका लागि कृतिम पहाडसहितको पाथीभारा, कृतिम सुरुङसहितको हलेशी र बाहरक्षेत्र निर्माण गर्ने बताए ।

त्यसैगरी हिमाल, पहाड र तराइको सांस्कृतिक भेषभूषा झल्किने बहुजातीय संग्राहलय निर्माण गरिने योजना रहनुका साथै संग्राहलय प्रदेशकै आकर्षक केन्द्रको रुपमा विकास गर्ने योजना समेत रहेको मन्त्रिले सुनाए ।

मुख्य सडकसँग जोडिएको उक्त जग्गा भने स्थानीय पशुपति सामुदायिक वनको क्षेत्रमा पर्दछ । उक्त अवरोध संगै नगर भव र संग्रहालय बने की नबने भन्नेमा संका उत्पन्न भएको छ ।

प्रतिक्रिया