प्रेम लीला ट्रेलरमा प्रेम र लीलाको मिलन बिछोड

इनेप्लिज २०७५ माघ ४ गते १:३२ मा प्रकाशित

 

 

फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खान बिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नायिका खड्काको दुई रुप समेत देख्न सकिन्छ । एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्को तिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन् ।

प्रतिक्रिया