बेग्लै सोच र फरक शैलीमा काराओके आइकन र मिस एस.ई.ई.आइकन हुने

इनेप्लिज २०७५ माघ ३ गते १०:२० मा प्रकाशित


काठमाडौं। बेग्लै सोच र फरक शैली तथा ढंगवाट नेपालमा काराओके आईकन २०७५ तथा मिस एस.ई.ई.आइकन २०७५ हुने भएको छ। रेक्स् फेसन होमको आयोजनामा मौलिक गायनको बेग्लै प्रतियोगिता काराओके आईकन २०७५ आगामी फाल्गुण महिनाको अन्तिम हप्ता तथा मिस एस.ई.ई.आइकन २०७५ नयाँ बर्ष २०७६ सालको बैशाख २१ गते हुने भएको हो।

बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक रेक्स् फेसन होमका प्रवन्ध–निर्देशक खगेश रंजितकारले नयाँ सोचवाट अरुभन्दा फरक शैलीवाट दुवै कार्यक्रम गर्ने बताएका छन्। संगीतको विकास तथा गायन क्षेत्रलाई व्यापकता दिन र कलाकार, गायक–गायिका, नायक–नायिका र दर्शक वीच मितव्ययिता कामय गर्न काराओके आइकन गर्न लागेको प्रवन्ध–निर्देशक रंजितकारको भनाई रहेको छ।

अर्कोतर्फ शिक्षा नै विकासको पहिलो पाइला भन्ने नाराका साथमा एस.ई.ई.आइकन २०७५ गर्न लागिएको जानकारी आयोजक रेक्स फेसन होमका प्रमुख कार्यकारी अधिकृत रेक्स् रंजितकारले भनेका छन्।

पत्रकार सम्मेलनमा ख्यातिप्राप्त गायक भीम तुलाधर, गायिका बुनु राई मानन्धर, एस.ई.ई.आइकन २०१८ नैना खड्गी, मिस नेवा आइकन २०१८ दिया श्रेष्ठ, मिस ग्राण्ड इन्टरनेशनल उरुषा जोशी, सल्लाहकार रोशन ताम्राकार लगायतले कार्यक्रमको आवश्यकताा र महत्वको वारेमा प्रकाश पारेका थिए।

प्रतिक्रिया