गुरु राम बहादुर बमजनलाई चलाएमा राष्ट्रको हित हुदैन

इनेप्लिज २०७५ माघ २ गते ११:५४ मा प्रकाशित

मैत्री धर्म संघ का प्रचारक एवम प्रवक्ता मणि लामाले बानेश्वर मा पत्रकार सम्मेलन गर्दै गुरु रामबहादुर बमजन महान र सिद्ध साधक पुरुष रहेको बताएका छ्न ।मणि लामाले पछिल्लो समय नेपालमा धार्मिक सहिष्णुता खलल पुर्याउन चाहने तत्वले रामबहादुर बमजन बिरुद्ध गलत आरोप ,प्रचारबाजी र हत्या प्रयासका षड्यन्त्र समेत हुनेगरेको उल्लेख गर्दै आएका छ्न । रहस्य मय बनेको बमजन माथिको आरोप झनै रहस्य मय बन्दै गएको छ ।

मैत्री धर्म सघ ले हराएका भनिएका मानिसहरु,आश्रम बाट हराएको नभइ महान गुरु रामबहादुर बमजनलाई फसाउन र बद्नाम गर्न षड्यन्त्र पुर्वक लुकाइएको हुन सक्ने भएको ले सत्य तथ्य सार्वजनिक गरिदिन नेपाल सरकार र प्रहरी प्रसासन सग अपिल समेत गरेका छ्न ।

प्रतिक्रिया