जन प्रतिनिधिलाई प्रश्न: राम बहादुर बमजन धर्म गुरु कि हत्यारा?(भिडियो सहित)

इनेप्लिज २०७५ पुष ३० गते २३:२० मा प्रकाशित

रामबहादुर बमजनको सिन्धुपाल्चोक स्थित आश्रम रहेको इन्द्रावती गाउपालिका वार्ड न ६ बाडेगाउ टोड्केबारी का वडा सदस्य सुकमान तामाङले बमजन को आश्रम रहेको जग्गा र आश्रम को कानुनी बैधता बारे आफुलाइ केही थाहा नभएको बताएका छ्न । बमजन ले धेरै सरकारी जग्गा समेत हडपेको आरोप लागिरहेको भए पनि वडा सदस्यले बमजन को आश्रम को जग्गा निजि जग्गा भएको बताएका छ्न ।

आश्रम मा मानिस हराएको वा नहराएको बारे आफुलाई थाहा नभएको र वडामा र गाउँ पालिकामा मानीस हराएको भन्ने बारे उजुरी नआएको बताएका छ्न । घुमाउरो तरिकाले बमजन को समर्थनको आसय ब्यक्त गरेका वडा सदस्यले प्रहरी ले फेला पारेका प्रमाण बारे पनि आफुलाइ थाहा नभएको भन्दै प्रहरी ले आश्रम फेला पारेका प्रमाणहरु प्रती पनि सङ्का उब्जाउदै प्रहरी ले कुनै प्रमाण फेला नपारेको बताएका छ्न ।

प्रतिक्रिया