बिगत लामो समय देखि ओखलमा बाधिएका सुस्त मनस्थितिका बालक मित्रहाङ लिम्बुलाई पाचथर बाट उद्दारगरी काठमाडौ को नयाँ जीवन नेपाल नामक सस्थाले नयाँ जीवन दिएको छ । पाचथरकी महिला सामाजिक अभियान्ता खुशी राइले बालक को उपचार गर्न चलाएको सामाजिक अभियान बाट बालक को वास्तविक अवस्था थाहा पाएपछी सस्थाले उद्दार गरेर काठमाडौ ल्याइएको सस्थाका अध्यक्ष राजन खनालले बताउनु भएको छ । बालकलाई पसुतुल्य अवस्थामा राखिएको हृदय बिदारक पीडा खप्न नसकेकी सामाजिक अभियान्ता खुशी राइको पहलले बालक बारे जानकारी दिदा आफू पनि भावबिव्हल भएको र जति सक्दो चाडो काठमाडौ ल्याउने पहल गरिएको अध्यक्ष खनाल ले बताउनु भयो ।
बालक को स्वास्थमा भएको समस्या कुनै रोगको कारण नभएर सारिरिक अवस्थाले नै भएको ले बालकलाई नयाँ जीवन मा फर्काउने दायित्व सस्थाले लिएको खनाल ले बताउनु भयो । नयाँ जीवन नेपालमा आएको सुरुवाती दिन देखिनै मित्रहाङमा ठूलो परिवर्तन देखिएको छ भने सस्थामा मित्रहाङले अध्यक्ष राजन खनाल र इन्चार्ज कबिता भण्डारि जस्ता कर्म पिता र माता को आत्मिय स्नेह प्राप्त गरेका छ्न ।
प्रतिक्रिया