दोहोरी गाउँदा गाउँदा बिचमा अड्किए पछि !! हेर्नुहोस कसले जित्यो होला त ?

इनेप्लिज २०७५ पुष २९ गते १४:५१ मा प्रकाशित

युवाको जाँगर राष्ट्रको आधार नारासाथ महोत्सव हुँदै आएको छ । पोखरा पर्यटकीय गन्तव्य भए पनि एउटा चिडियाखाना नभएकाले त्यसका लागि पहल भइरहेको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए । लेखनाथको पचभैंया वन क्षेत्रमा खुलारूपमा जंगली जनावरको अवलोकन गर्न पाइने गरी चिडियाखाना स्थापना भएको र आगामी एक वर्षमा पूरा हुने उनले बताए ।

माघ ८ सम्म सञ्चालन हुने पोखरा महोत्सवस्थलमा २ सय ५० स्टल छन् । क्लबले महोत्सवबाट हुने आम्दानीमध्ये पर्यटन प्रवद्र्धन अन्तर्गत चिडियाखाना सञ्चालन, शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रमा सहयोग र सेती नदी संरक्षण लगायत काममा प्रयोग गर्दै आएको छ ।

यही कारण पनि महोत्सव उद्घाटनमा ३ सयभन्दा बढी आमा समूह, टोल विकास संस्था लगायत विभिन्न संघसंस्था, जातजातिले आफ्नो भेशभूषा र संस्कृति सहित सहभागिता जनाए । महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाट गरेका थिए । क्लबका अध्यक्ष लालकाजी गुरुङले महोत्सवको मुख्य उद्देश्य चिडियाखाना स्थापना भएको र सफल पनि हुँदै गएको बताए ।

महोत्सव अवधिभर विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक, हस्तकला र सूचना प्रविधिको प्रदर्शनी हुनेछ । साथै पर्यटन प्रवद्र्धनका सामग्री प्रदर्शन, विभिन्न पर्यटकीयस्थलको जानकारी पनि दिइनेछ । विभिन्न नेपाली लोकदोहोरी, ब्यान्ड तथा कलाकारको लाइभ प्रस्तुतीकरण, हास्यव्यंग्यलगायत मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । महोत्सबाट साढे ८७ लाख रुपैयाँ बचत हुने लक्ष्य क्लबको छ ।

त्यस्तै महोत्सबको दोश्रो दिन लोकदोहोरी तर्फ राम्झी खांड, शिभहरि ढुंगाना, तुलसा जिसीसंगै अन्य कलाकारको पनि उपस्थिति रहेको थियो ।
दोहोरीलाइ उजाग्रत गराउन दोहोरि प्रतिस्पर्दा पनि रहेको थियो

हेर्नुहोस पोखरा महोत्सबमा भएको दोहोरी प्रतियोगिता !! कसले जित्यो होला त ?

प्रतिक्रिया