नेरेसोको जिल्लास्तरीय निबन्ध तथा चित्रकला प्रतियोगिता सम्पन्न

सञ्जय साह मित्र २०७५ पुष २८ गते १५:१७ मा प्रकाशित

रौतहटको गरुडामा जिल्लास्तरीय निबन्ध तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्वारा आयोजित जिल्ला तथा केन्द्रस्तरीय प्रतियोगिता रौतहटको मावि गरुडामा सम्पन्न भएको छ । जिल्लास्तरीय जुनियर तथा युवा रेडक्रस समितिको समन्वय र नेपाल युवा रेडक्रम मावि गरुडाको आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका १७ विद्यालयका ७७ जना विद्यार्थीको सहभागिता थियो । जिल्लास्तरीय निबन्ध प्रतियोगितामा ४० र जिल्लास्तरीय चित्रकला प्रतियोगितामा ३७ जनाको सहभागिता रहेको थियो ।

रेडक्रस अभियानसित जोडिएका शिक्षक नायकहरु गोपीकृष्ण खतिवडा, तारा यादव, सञ्जय मित्र, रेणुका जिसी खतिवडा र जितु साहको निर्णायक मण्डलद्वारा निबन्ध प्रतियोगिताको निर्णयको पहिलो चरणमा टप टेन चयन गरिएको छ । टप टेन निबन्धलाई प्रकाशित गरी जिल्लाका सम्पूर्ण विद्यार्थीमाझ पु¥याउने सोचाइ रहेको जिल्ला संयोजक धर्मेन्द्रकुमार सिंहले बताएका छन् ।

प्रतियोगितामा सहभागी निबन्धमध्ये उत्कृष्ट तीनवटा निबन्ध केन्द्रमा पठाइने भएकोले तीन उत्कृष्ट निबन्ध पनि छनौट गरिएको छ । मानवीय सेवामा स्वयंसेवी भावना शीर्षकमा लेखिएको निबन्धमा उत्तम चौधरी थारु, जगतकुमार साह र मासुम चौधरी उत्कृष्ट तीन छनौट गरिएको छ । चित्रकला प्रतियोगिताको निर्णय कला विषयमा औपचारिक अध्ययन गरेका व्यक्तित्वबाट गराइने अध्यक्ष सिंहले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटीका प्रदेश सदस्य रामबाबु यादवको प्रमुख आतिथ्य, युवा रेडक्रस सर्कल रौतहट जिल्ला संयोजक धर्मेन्द्रकुमार सिंहको अध्यक्षतामा सम्पन्न प्रतियोगिताका लागि उपस्थिति सबैलाई मावि गरुडाका प्रधान शिक्षक प्रभु राउत पटेलले स्वागत गरेका थिए ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया