पृथ्वी जयन्तीको बिदा कटाइएकोमा जनताको आक्रोश (भिडियोसहित)

इनेप्लिज २०७५ पुष २८ गते ५:१६ मा प्रकाशित

सरकारले पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस त मनायो तर धेरैको माग अनुसार सार्वजनिक विदा भने दिएन । पुस २७ गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरी उहाँप्रति सम्मान व्यक्त गर्नुभयो ।

सिंहदरबारस्थित पश्चिम गेटमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको स्मरण गरियो । राजनीतिक दलका नेताभन्दा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अधिकांशले सरकारले बिना नदिएर अन्याय गरेको आरोप लगाए ।

पश्चिमाहरुको इशारामा पृथ्वी जयन्ती मनाउने चलन बन्द गरिए पनि अहिले सुरु भएकोमा धेरै खुसी थिए । कतिपयले सम्माननीय राष्ट्रपति उपस्थित भएर पृथ्वीनारायण शाहको योगदानलाई स्थापित गरिदिएको प्रतिक्रिया समेत दिए ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया