बमजमको सुत्ने देखि ध्यान गर्ने आश्रम पुग्दा जे देखियो,कुकुर बाट अनुसन्धान।(भिडियो सहित)

इनेप्लिज २०७५ पुष २८ गते ५:०६ मा प्रकाशित

रामबहादुर बमजन को आश्रम बाट हराइरहेका मानिसको हत्या भएको हुनसक्ने आसङ्कामा प्रहरीले रामबहादुर बमजन को सिन्धुपाल्चोक स्थित बाडेगाउको टोड्केबारी स्थित आश्रमलाई पाचदिन सम्म निगरानीमा राखेर विशेष अनुसन्धान गरि प्रहरिको केन्द्रिय अनुसन्धान टोलि हिजो पौष २७ गते फर्किएको छ । आश्रमका सञ्चालक र केही धर्म अनुयायीले प्रहरीले कुनै प्रमाण फेला पार्न नसकेको बताए पनि प्रहरी को केन्द्रिय अनुसन्धान टोलिले कुकुर प्रयोग गरेर गरेको अनुसन्धानले धेरै प्रमाणहरु फेला पारेको छ । तर प्रहरीले आधिकारिक रुपमा सार्वजनिक गर्न भने बाकी छ ।

प्रहरी ले बमजन को सयनकक्ष नजिकै रहेको सङ्कास्पद स्थानमा कुकुरले सङ्केत गरेको र स्वस्थान मा उत्खनन् गर्दा , महिलाको सल, झोला,चात्तिएको लुगाको टुक्र ,च्यात्तिएको चकटी लगायतका धेरै सामाग्री फेला पारेको अनुसन्धान प्रक्रिया मा सम्लग्न एक सदस्यले बताएका छ्न ।

प्रतिक्रिया