नेपाल आईडलका प्रताप दासको नयाँ गीतमा पल र आँचल

इनेप्लिज २०७५ पुष २७ गते २३:१२ मा प्रकाशित

नेपाल आईडल सिजन १ बाट चम्किएका गायक प्रताप दासले आफ्नो नयाँ गीत लिएर आएका छन्।नेपाली सिने जगतका चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका छन्।

अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँ को शब्द, कल्याण सिंहको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत डान्सिङ थिममा बनाईएको छ।प्रदिपले यसअघी नेपाल आईडल सिजन १ कै अर्का गायक निशान भट्टराई सँगको गीत ‘आफ्नै छायाँ सँग पनि..’ को पनि म्युजिक भिडियो लिएर आएका थिए।प्रतापको यो नयाँ गीतलाई सफलताको शुभकामना ।।

प्रतिक्रिया