नारायणमान बिजुक्छे: यो सरकार बामपन्थी नभएर पुजीवादी सरकार हो।(भिडियो सहित)

इनेप्लिज २०७५ पुष २६ गते १२:१९ मा प्रकाशित

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेले बर्तमान सरकार कम्युनिस्ट र बामपंथीहरुको नभइ पुजिबादी पार्टीहरुको सरकार भएको ले राष्ट्रिय स्वाधीनता र सर्बहारा नेपाली जनताको हित बिरुद्ध यो सरकारले बिदेशी र माफिया अपराधीहरुकै संरक्षणमा काम गर्ने गरेको आरोप समेत लगाउनु भएको छ।नेपाली जनताले आफ्नो मुक्तिका निम्ति लड्न अझै बाकी रहेको उल्लेख गर्दै नेता बिजुक्छेले अहिले नेपाल भित्र हरेक पाँच किलोमीटर को दुरिमा एक भारतिय जासुस सकृय रहेको र नेपालको निजामती छेत्रका चालिसहजार कर्मचारीले भारतिय सस्था बाट पैसा खादै देश बिरोधिकाम गरिरहेको उल्लेख गर्दै नेपाली जनताले आफ्नो मुक्तिनिम्ति एकपटक बन्दुक बोक्नै पर्ने परिस्थिति तयार हुँदै गएको समेत बताउनु भएको छ । \

नेपाली जनतालाई बन्दुक बोक्नु ठूलो कुरा नभएको भन्दै नेता बिजुक्छे ले अहिले सम्म नेपालीले कहिले बेलायतका निम्ति ,कहिले भारत का निम्ति र आफै भित्र पनि कहिले बिदेशी स्वार्थका निम्ति हतियार बोकेको भए पनि अब सत्य बुझेर आफ्नै मुक्तिका निम्ति हतियार उठाउनु पर्ने आवस्यकता औल्याउनु भएको छ । बिदेशी तत्वले आफ्ना थोत्रा हतियार थन्क्याउने डम्पिङ साइडको रुपमा नेपाललाई परिणत गर्न खोजिरहेको भन्दै नेता बिजुक्छेले यस्ता तत्वसग सचेत बन्नु आवस्यक रहेको कुरा समेत उल्लेख गर्नु भएको छ । सरकार र प्रतिपक्षी बारे टिप्पणी गर्दै नेता बिजुक्छेले काङ्ग्रेस प्रतिपक्षी भुमिकाको मुल्यबाट भागिरहेको आरोप पनि लगाउनु भएको छ ।

प्रतिक्रिया