कोमल ओली: ‘विकास होस् तर विनास नहोस्’,म मन्त्री बन्ने दिन जरूर आउछ। (भिडियो सहित)

इनेप्लिज २०७५ पुष २४ गते ११:३१ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य एवम नेकपा नेतृ कोमल ओलीले बिकास का नाम पैदल यात्री पर्यटन को महत्व बोक्ने पर्यटकीय छेत्रको बिनास भै रहेको प्रती चिन्ता ब्यक्त गरेकी छ्न । बाटो बिस्तारका नाममा पहाड भत्काउनु र सिमेण्ट बालुवा भुइ मा पोत्नु मात्र बिकासहो भन्ने दिमागमा पर्दै गएको भन्दै त्यो मानसिकता बाट माथी उठेर बाटो निर्माण को बिकासका नाफा घाटालाई समेत ध्यान दिएर मात्र बिकासका कारेक्रम लागू गर्नु आवस्यक रहेको बताउनु भयो । पछिल्लो समय राजनितीमा सक्रिय हुदा कलाकारिता को छेत्रमा आफ्नो समय शून्य जस्तै भए पनि आगामी दिन मा चाडै नै नया गित लिएर बजारमा आउने तयारी भै रहेको समेत बताइन ।

मुलुकमा नयाँ कानुननहरु बन्ने क्रम जारी रहेको ले केही समय पछि राजनैतिक सङ्क्रमण टुङ्गिने उल्लेख गर्दै अहिलेका सारा भ्रमहरुलाइ सरकारले क्लियर गरेर अगाढी बढ्ने बिस्वास समेत ब्यक्त गरेकी छ्न । धर्म र राजा का बारे टिप्पणी गर्नु जरुरी नभएको उल्लेख गर्दै राजा सामान्य नागरिक सरह रहेको र जनतामा सबैलाई धार्मिक स्वतन्त्रता स्पष्ट भै सकेकाले यो बिबाद गरिरहनु पर्ने आवस्यकता नरहेको स्पष्ट गरेकी छ्न ।

प्रतिक्रिया