बस दुर्घटनामा दुई जनाको मृत्यु
इनेप्लिज
२०७५ पुष २४ गते ७:२५ मा प्रकाशित
रोल्पा, पुस २४ गते । लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया