श्रीमानको २हात र १खुट्टा नहुदा श्रीमतिको दुखेसो,यसरी पोखिन् पिडा। (भिडियो सहित)

इनेप्लिज २०७५ पुष २४ गते १:१८ मा प्रकाशित

रुकुमका कृष्ण ओलीलाई नचिन्ने सायद अब कोहि नेपाली नहोला। इलेक्टि्रकल इन्जिनियर ओलीको करेन्ट लागेर दुबैहात र खुट्टा गुमे पछि उनको जीवन अन्धकारमय मात्र भएन उपचार को सिलसिलामा आर्थिक अवस्था समेत चौपट्ट भयो उनी ऋणको चपेटामा परे ६० लाख रुपैया ऋणमा डुबेपनी उनी बाच्न सफल भए तर अझै ५ बर्स निरन्तर औसधि उपचार गर्नु पर्ने डक्टरको सल्लाह भएको तर आर्थिक अभावले अब उपचार गर्न सम्भव नभए पछि सबैमा सहयोग को अपिल गरेका छन ।

रुपा मगर सग एक बर्ष अघि प्रेम बिबाह गरेका ओलीले आफ्नो पीडा मिडिया कर्मीहरु बिच राख्दै आफुले अब बिगत बिर्सिएर अगाडी बढ्ने सङ्कल्प लिएको भए पनि आर्थिक पिडाले सताइरहेको उल्लेख गरेका छन । जीवन साथी रुपाको बलियो साथ पाएका कृष्णले आफ्नो पिडामा साथ दिने र माया गर्ने नेपाली दाजुभाइ दिदी बैनीहरुको साथ ले आफुलाई ठूलो प्रेरणा र थप आत्मबिस्वास जगृत भएकोले समाजलाई आफुले पनि केही योगदान दिएर अघि बढ्ने आफुमा सङ्कल्प रहेको समेत बताए ।

प्रतिक्रिया