चलचित्र “समर लब” काे ट्रेलर सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७५ पुष २४ गते १:१३ मा प्रकाशित

काठमाडौँ : सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र “समर लब” काे ट्रेलर सार्वजनिक भएको छ l राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र “समर लब” काे ट्रेलर सार्वजनिक गरिएको हो l निकैनै आकर्षक ढंग बाट ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाइ प्रस्तुत गरिएको छ l

चलचित्रमा सुरज सिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिक लगायतले अभिनय गरेका छन् l सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन् l ब्यबसायिक रुपमा सफल चलचित्र नाइ नभन्नु ल ३ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र “समर लब” लाइ निर्देशन गरेका हुन् l वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रो सँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीहरुको मन जित्ने कुरमा निर्देशक ढकाल ढुक्क रहेको जानकारी गराएका छन् ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया