राष्ट्रियसभा सदस्य माननिय कोमल वलिद्वारा माई स्वंबर सुभारम्भ

इनेप्लिज २०७५ पुष २३ गते १२:२५ मा प्रकाशित

अङ्ग्रेजी नयाँ बर्ष सन २०१९ एवं टोपी दिवसको अवसर पारेर एक समारोह बिच अष्ट्रेलिया मुख्य कार्यालय भयेको गुरुमंजरी ग्रुपद्वारा संचालित मेरो स्वंबर(www.myswayambar.com) को विधिवत शुभारम्भ भएको छ । ग्रुपका नेपाल संयोजक मुकुन्द शर्माको सभापतीत्वमा राष्ट्रिय सभाकी सदस्य माननिय कोमल वलिले पौष १७ गते रिपोटर्स क्लबमा दिप प्रज्वलन गरि myswayambar.com को सुरुभएको घोषणा गरेकी हुन ।

नेपालमा जन्मिएर विश्वका विभिन्न देशमा पुग्नुभएका गुरुहरु एवं धार्मिक अभियन्ताहरुको सहभागिता रहेको गुरुमंजरी ग्रुपले वैदिक सनातनी परम्परा र संस्कृति संरक्षण गर्ने विस्वास गरिएको छ । ग्रुपले सेवा दिने धर्मकर्म सम्बन्धि बिभिन्न शाखा हरुमध्ये बिवाहलाई सहज बनाउने आधुनिक पद्दति मेरो स्वंबर सुभारम्भ भए पश्चात पछिल्लो समय बिवाहमा देखिएको बिकृति न्युनिकरण हुनेमा बिस्वास गरिएको छ ।सस्था को नेपाल सम्योजक मुकुन्द शर्मा ले आयोजित कार्यक्रम मा बताउनुभयो

माननिय कोमल वलिले सनातन हिन्दु धर्मको वैदिक परम्परा अनुसार मानव जिवन सार्थक बनाउन बिवाहको सम्वन्ध सुमधुर हुनुपर्दछ माई स्वंबर डट कम यसबर्ष सन २०१९ को  प्रथम दिनमै आफ्नो हातले दिप प्रज्वलन गरि उद्घाटन गर्न पाँउदा खुशि लागेको बताउदै यसैको माध्यमबाट यो बर्ष आफ्नो पनि स्वंबर हुने सम्भावना भएको भन्दै गुरुमंजरी माई स्वंबर डटकम परिवारलाई सफलताको शुभकामना दिनुभएको छ । ।भने अभिवावक संघ एवं तेक्वन्डो संघ ३ नं प्रदेशका अध्यक्ष केशव पुरिले गुरुमन्जरी ग्रुपको माध्यमबाट संसारमा फैलिनुभएका गुरुपुरोहित र धार्मिक अभियन्ताहरुले संस्कृति संरक्षणमा नयाँ आयाम थप्नुभएको भन्दै प्रसंसा गर्नुभएको थियो ।

विवाह गर्न चाहने विश्वभरी छरिएका नेपालीहरुले आ आफ्नो समुदाय र वैद्धिक सनातनी परम्पराको निरन्तरता कायम राख्दै आफ्नो आर्थिक अनुकुलतामा धार्मिक, सामाजिक, सांस्कृितक रितिरिवाज र परम्पराका साथै आफ्नो चाहना अनुसारको योग्य वर वा वधुलाई मिलन गराउने आधुनिक प्लेटफर्म तयार पारेको तर वैदेशिक रोजगारि, भीसा प्रलोभन तथा अवैधानिक, गैरकानुनी र फर्जी विवाहको लागि हामीले कसैलाई सहयोग नगर्ने कुरामा स्पष्ट हुन गुरुमंजरी ग्रुपको तर्फबाट ग्लोबल  संयोजक प.प्रकाश  ढोडारी ले  बताउनुभएको छ हाम्रो संस्था र हाम्रो वेवसाइट अरु जस्तो डेटिब साइट नभएको र हामीले प्रविधिको प्रयोग गरेर परम्परागत विवाह प्रक्रियालाई महत्व दिइएका छौ । भन्दै हाम्रो आधिकारिक वेब्साईट www.myswayamba

r.com मा गै आजै सुखद दाम्पत्य जिवनकोलागी आवद्दता जनाउन अनुरोध विवाह सम्योजक ज्योतिष राजु शर्मा भेट्वाल ले टेलीफोन मा हामी लाई प्रस्ट गर्नु भयो।

गुरुमंजरी ग्रुपमा नेपालबाट धार्मिक अभियन्ता मुकुन्दशर्मा, बेलायतबाट पं.दुर्गाप्रसादपोखरेल र पं जगदिश पौडेल, न्यूजिल्याण्डबाट पं.घनश्याम काफ्ले ,जापानबाट पं.भागिरथ सापकोटा, क्यानडाबाट पं.जगदिश गैरी र धर्मदास शास्त्री , अमेरिकाबाट पं.उद्धव शास्त्री, पं.रमनराज शास्त्री, पं.राजेन्द्र खनाल, पं.भवानी शंकर शास्त्री, पं.वासुदेव घिमिर,े युरोपबाट रामहरि शास्त्री, दार्जिलिङबाट ईन्द्र शास्त्री भारत को सिल्गुरी वाट प रमेश शर्मा भेट्वाल र हङकङबाट रुद्र प्रसाद भट्टराईले प्रतिनिधित्व गरी क्रियाशिल रहेको बाँकी अन्य देश र शहरमा पनि यो अभियानलाईविस्तार गरिने कुरा हाम्रा सम्बाददातासँग टेलिफोनमा कुरा गर्दै संस्थाका ग्लोबल संस्थापक संयोजक पं प्रकाश ढोडारी ले अष्ट्रेलीयाबाट जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया