अन्तर्राष्ट्रीय नेपाली समाज,बोर्ड अफ ट्र्ष्टीको नया कार्यकारी समितीको पदस्थापना तथा कवि गोष्ठी सम्पन्न

इनेप्लिज २०७५ पुष २२ गते १८:१६ मा प्रकाशित

 

अन्तर्राष्ट्रिय नेपाली समाज, बोर्ड अफ ट्रस्टिज (बिओटी) को २०१८–२०२२ का लागि निर्वाचित नयाँ कार्यसमितिको सपथग्रहण तथा पदहस्तान्तरण समारोह तथा कविता गोष्ठी हिजो भर्जिनियामा सम्पन्न भयो । बिओटी कार्यसमितिका निवर्तमान अध्यक्ष डा श्याम कार्कीको अध्यक्षतामा भएको सो समारोह अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । समारोहमा स्थानीय नेपाली बालबालिकाहरुले अमेरिका र नेपालको राष्ट्रिय गान गाएका थिए ।

समारोहका प्रमुख अतिथि रहनुभएका नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले बिओटीका नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै अनेसास विश्वभरिका नेपालीभाषी साहित्यकारहरुबीच विस्तारित हुनुले नयाँ पुस्ताका प्रवासी नेपालीहरुमाझ नेपाली भाषासाहित्यलाई पु¥याउन यो संस्थाबाट थप सक्रिय भूमिकाको अपेक्षा गर्न सकिने बताउनुभयो ।

संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अठ्ठाईस वर्षअघि रोपिएको सानो विरुवाले अहिले विशाल वृक्षको रुप लिइसकेकोमा आफूलाई सन्तोष लागेको बताउनुभयो । अनेसासले धेरै कुरा गर्न सक्छ र त्यो पूरा गर्न नयाँ पुस्ता सधैँ नयाँ विचार र योजनाका साथ सक्रियतापूर्वक आउनु जरुरी छ भन्दै वहाँले स्वयंसेवी रुपमा निरन्तर काम गर्न प्रतिवद्ध साहित्यकार र साहित्यप्रेमीको प्रयासबाटमात्र यो संस्था प्रगतिपथमा आइरहेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष गीता खत्रीले निर्वाचनलाई सहज र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न पूर्ण रुपले सहयोग गर्ने विद्यमान कार्यसमिति, बिओटीका विश्वभर रहेका सदस्यहरु र निर्वाचन समितिप्रति आभार व्यक्त गर्नुभयो । वहाँले अनेसासको केन्द्रीय कार्यालय भवन हालसम्म नभएको अवस्थालाई निकै वर्तमान कार्यसमितिले गम्भीरतापूर्वक लिएकाले यस कार्यसमितिले यो अभाव पूरा गर्न शुरु गर्ने अभियानलाई मूर्त रुप दिन अनेसासका सबै देशमा भएका च्याप्टरहरु, केन्द्रीय समिति, बिओटी सदस्यहरु, अनेसासलाई नजिकबाट माया गर्ने व्यक्ति तथा संस्थाहरुबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

निवर्तमान अध्यक्ष डा. श्याम कार्कीले अनेसासको गतिविधिलाई केही वर्षयता निकै सक्रिय बनाइनुका साथै यसको विधानमा आवश्यक संशोधन गर्न आफ्नो अध्यक्षतामा चारवर्ष अघि गठित कार्यसमिति सफल भएको बताउनुभयो । वहाँले नेपालीका छोराछोरीहरुलाई विदेशमा नेपाली भाषा सिकाउनु जरुरी भएको बताउँदै यसका लागि नेपाली पाठशाला खोलिनुपर्ने र तिनको सञ्चालनमा आवश्यक पर्ने परामर्श र सहयोग गर्न आफूले विद्यालय सञ्चालन गरिरहेको अनुभवका आधारमा आफू तयार रहेको बताउनुभयो ।

बिओटी पुरस्कार समितिका निवर्तमान अध्यक्ष सीता पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ कार्यसमितिको कार्यकालमा पुरस्कार समितिले सुरु गरेका कार्यहरुमा थप सुधार गर्दै अनेसास सर्वोत्कृष्ट पुरस्कारलाई अझ मर्यादित र व्यवस्थित गर्न सफलता प्राप्त होओस् भनी शुभकामना दिनुभयो ।

नवनिर्वाचित पुरस्कार समिति अध्यक्ष प्रा. डा. गोपी उप्रेतीले पुरस्कार समितिले अनेसासले हरेक दुई वर्षमा वितरण गर्दै आएको सर्वोत्कृष्ट पुस्तक पुरस्कारलाई सम्मानित र व्यवस्थित पुरस्कारका रुपमा स्थापित गर्न सबै बिओटी सदस्यहरुबाट लिखित सुझाव लिनेगरी प्रश्नावली तयार गरिसकेको बताउनुभयो । वहाँले पुरस्कारको संख्यात्मकतामा पुनरावलोकन गरी यसको गुणात्मकता र स्तरीयतामा बढी ध्यान दिइने बताउनुभयो ।

निर्वाचन अधिकृत तीर्थ पाण्डेले नवनिर्वाचित अध्यक्ष गीता खत्री, उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, सचिव शिव लामिछाने, पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेती र सदस्य तीर्थराज अधिकारीलाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो ।
नयाँ कार्यसमितिको सफलताको शुभकामना व्यक्त गर्दै युएस नेपाल लिटरेचर एकेडेमीका अध्यक्ष साहित्यकार गोविन्द गिरि प्रेरणाले आफू अनेसासमा विगत १९ वर्षदेखि निरन्तर रहेकाले अनेसासको गतिविधिसित नजिकबाट जानकार रहेको बताउनुभयो ।

वहाँले अनेसासले यसका सांगठनिक अभिलेखलाई अद्यावधिक गर्नुपर्ने र पुरस्कारलाई बढी मर्यादित र सम्मानित बनाउनुपर्ने सुझाव दिनुभयो ।

केन्द्रीय कोषाध्यक्ष विकास विष्टले अनेसास केन्द्रका तर्फबाट नयाँ कार्यसमितिको सफलताको शुभकामना व्यक्त गर्दै अनेसास केन्द्रीय समितिले बिओटी कार्यसमितिलाई केन्द्रका गतिविधिहरु नियमित रुपमा अद्यावधिक गर्दै जाने बताउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार समाज इन्जाका अध्यक्ष गुणराज लुइटेलले कार्यसमितिको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै इन्जामा हाल पाँच महादेशका चार सय सञ्चारमाध्यम आवद्ध भएको बताउनुभयो । वहाँले अनेसासका गतिविधिहरुलाई विश्वभरिका नेपाली पाठकसम्म सबै सञ्चालमाध्यमबाट पु¥याउन इन्जाले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

निवर्तमान कार्यसमितिका सचिव शिव लामिछाने सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष वासु सत्यालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

शुभकामना दिने क्रममा अनेसासका पूर्वअध्यक्ष एवं विओटीका पूर्व उपाध्यक्ष भीम रेग्मीले बिओटीले धेरैवटा कामका योजना बनाउनुभन्दा योजना गरेको कामलाई पूरा गर्न र केन्द्रलाई थप सक्रिय बनाउन नियमित अनुगमन गरिरहनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमको दोस्रो चरणमा कविता गोष्ठी सञ्चालन भयो । गोष्ठीमा कविहरु प्रकाश नेपाल, गुणराज लुइँटेल, शिव लामिछाने, गोविन्द गिरि प्रेरणा, विमला निरौला, सुदीपभद्र खनाल, अभिज्ञा लामिछाने, रजनी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, पुरु सुवेदी, पदम विश्वकर्मा, परशु तिम्सिना, नायारण अधिकारी, तीर्थराज अधिकारी, नीलकण्ठ सुवेदी, प्रा. डा. गोपी उप्रेती, गीता खत्री, राम खत्री, शोभा न्यौपाने, पुष्पा घिमिरे, शकुन्तला अधिकारी र लोककुमारी सुवेदीलगायतका कविकवयित्रीहरुले छन्द, गद्य र गीतिकविताका साथ गीत, गजल र मुक्तक वाचन गरेका थिए ।

कविगोष्ठीपछि हिजै अनेसास बिओटीको नयाँ कार्यसमितिको पहिलो बैठक भयो । समितिका अध्यक्ष गीता खत्रीको अध्यक्षमा भएको पहिलो बैठकले अनेसास भवन तथा जमीनको खरिदका लागि आर्थिक स्रोत जुटाउने कार्यलाई समितिको पहिलो र मुख्य कार्य बनाउने निर्णय ग¥यो । बैठकले निवर्तमान अध्यक्ष डा. श्याम कार्कीलाई समितिका प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय ग¥यो । निर्वाचनलाई सौहाद्र्रपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने निवर्तमान कार्यसमिति, निर्वाचन आयोग, बिओटीका सदस्यहरु तथा समाचार सम्पे्रषण गर्ने सञ्चारमाध्यमलाई धन्यवाद दिने निर्णय ग¥यो । सोही बैठकले अनेसासको वेभसाइटलाई अद्यावधिक गर्ने र अनेसासका सबै गतिविधिहरुलाई विधानसम्मतरुपमा पारदर्शी बनाइने निर्णय ग¥यो ।

प्रतिक्रिया